: : March : : 2006 <

March 31, 2006

फेरि राजा राणा झगडा

Filed under: समाचार

रि राजा राणा झगडा नेपालमा राणा शासनको अन्त्य भएको धेरै भएको छैन । साढे पांच दशकपछि उनै श्री ३ का नाती पशुपति शम्शेर र नेपालका निरंकुश राजा ज्ञानेन्द्रबीच झैझगडा सुरु भएको छ । नेपाली कांग्रेस, भारत र राजाबीच नयाँदिलीमा भएको समझदारीबाट पत्तासाफ भएको राणा शासन फर्काउन यी राणाले राजासंग पौठेजोरी खेल्न थालेका त होइनन ? आफ्ना हजुरबाको सत्ता खोस्ने शाह खलकसँग बदला लिन खोजेका त होइनन ? फेरि राणा शासनका लागि आन्दोलन छोडेका त होइनन ? यी तमाम प्रश्न इतिहास जान्नेहरुले गर्न सक्छन् । जे भए पनि अहिले राणा शासन फर्काउन सम्भव छैन । राजा पंचायती शासनमा र्फकन खोज्दा त यहाँ हंगामा भइरहेको छ भने राणाको त्यो तागत होला र ? शुक्रबार राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी र राजाबीच संवाद हुनुपर्ने माग गर्दै सडकमा उत्रेको छ । ‘महंगी विरुद्ध’ नयां बानेश्वरदेखि लैनचौरसम्म मोटरसाइकल र्‍याली गरेको छ । त्यो पार्टीका सदस्य जोगमेहर श्रेष्ठको भनाइमा ‘बन्दुकको बलमा निरंकुश शासन संचालन हुन थालेकाले त्यसको प्रतिकार गर्न’ राप्रपा सडकमा उत्रेको हो । उनको भनाईले राणाले राजालाई थुनेर फेरि पुरानै राणा शासन फर्काउन खोजेको भनेर बुझिहाल्नु भुल हुनेछ । राणाले पनि ‘दलसँग वार्ता गर्न राजालाई पटकपटक आग्रह गर्दा सुनुवाई नभएकाले सडकमा उत्रेको’ बताएर राणा शासन फर्काउन नभई २०४६ सालपछि मुलुकमा चलेको संसदीय शासन फर्काउन हो भन्ने स्पष्ट पार्न खोजेका छन । यसर्थ अहिलेको राजा-राणा झगडाले जनतालाई नै फाईदा पुग्ने अनुमान गर्न सकिन्छ । तर, एउटा कुरा भने भुल्नु हुँदैन् । राणा कमल थापा सत्तामा रहेका विरुद्ध सडकमा उत्रेका हुन या किन ? विगतले के देखाउँछ भने सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा पनि उनलाई फ्याक्न अर्थात दलहरु सम्मिलित र्सवदलिय सरकार निर्माणका लागि राप्रपा सडकमा ओर्लेको थियो । त्यसको परिणाम देउवा सरकार गठन भयो, जुन राजाको चाहाना अनुसारको सरकार थियो । राजाले जसरी नियुक्त गरे त्यसै गरी देउवालाई हुत्याए । तर्सथ अहिलेको राप्रपाको आन्दोलनको माग र्’र्सवदलिय सरकार’त्यही इतिहास दोहोर्‍याउन त होइन ? यद्यपी पूर्व पञ्च र मण्डलेहरुको पार्टी राप्रपा दरबारिया पार्टीहरु भन्दा अग्रगामी देखिएकोमा चाहिँ साधुवाद ।

March 30, 2006

उठौं, जागौं, आमहड्ताल गरौं

Filed under: समाचार

 गीत नै छ ‘एक जुगमा एक दिन एक चोटी आउँछ, उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ ।’ चैत २४ यही गीत र्सfर्थक पार्ने दिन हो । हो, यही चैत २४-२७ सम्म हुने आमहड्तालले यो गीतलाई र्सार्थक तुल्याउन आशा चारैतिर जागेको छ । राजाको निरंकुश सत्ता त्यही कारण बहुलाएको हुनर्ुपर्छ, आमहड्तालको कार्यक्रम सुनेर । सात राजनीतिक दलको घोषित आमहड्ताल र जनपर््रदर्शनका लागि जनातालाई आहृवान गर्दै ती दल सम्बद्ध संयुक्त जनआन्दोलन केन्द्रीय संयोजन समितिले बिहीबार जारी गरेको अपिलमा पनि उलटपुलट, उथलफुथल र हेरफेर हुने आशा जगाउने कुरा छ । अपिलको पर्ूण्ा पाठ यहां प्रस्तुत गरिन्छ । -२०४६ सालको जनआन्दोलनलाई सफल पार्न देशब्यपाी रुपमा विविध पेशा, ब्यवसाय र क्षेत्रका जनताको महत्वपर्ूण्ा भूमिका रहेको थियो । यसक्रममा चैत्र महिनाको अन्तिम साता ललितपुर, कर्ीर्तिपुर, काठमाडौं र भक्तपुरका जनताहरु तरुण, युवा, विद्यार्थी लगायत सम्पर्ूण्ा तह र तप्काका पेशाकर्मीहरु निर्ण्ाायक रुपले सडकमा उत्रिएका थिए । निरंकुश राजतन्त्र र तानाशाही पंचायती शासनको विरुद्ध नारा लगाउँदै आन्दोलनकारीहरु आ-आफना जिल्लादेखि नारायणहिटी दरबारतर्फअदम्य, उत्साह र जोशका साथ अघि बढेका थिए । यसरी अघि बढ्ने क्रममा सत्ताधारीहरुको निर्मम दमनबाट कैयौं शहीद भएका थिए भने थुप्रै आन्दोलनकारीहरु घाइते भएका थिए । यसरी जनताहरु जागेर उठेपछि नेपालका तानाशाही शासकहरु झुक्न र पराजित हुन बाध्य भए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली जनताको महत्वपर्ूण्ा र निर्ण्ाायक भूमिका रहँदै आएको गौरवशाही इतिहास छ । विगतको त्यो गौरवशाली इतिहासको सम्मान गर्दै जारी आन्दोलनमा नेपाली जनताले फेरि भविष्यमा कहिल्यै पनि प्रतिगमन विरोधी आन्दोलन गर्न नपर्ने गरी निरकंुश राजतन्त्रको अन्त्य र पर्ूण्ा लोकतन्त्रको स्थापना गर्ने आन्दोलनलाई सफलताको विन्दुमा पुर्‍याउने गरी भूमिका खेल्नुपरेको छ । यसै सर्न्दर्भमा सात राजनीतिक दलद्वारा विगतमा आव्हान गरिएका आन्दोलनका कार्यक्रमहरुमा सक्रिय एवं प्रभावकारी सहभागिता एवं सहयोग गर्नु हुने सम्पर्ूण्ा वर्ग र पेशाका जनसमुदायमा हार्दिक आभार ब्यक्त गर्दछौं । यसैगरि नेपालको लोकतन्त्र र शान्ति स्थापनाका लागि चलाइएको आन्दोलनलाई र्समर्थन एवं ऐक्यबद्धता जनाउनु हुने अन्तर्रर्ााट्रय समुदायप्रति हार्दिक धन्यबाद ज्ञापन गर्दै पुनः सहयोग र र्समर्थनको अपेक्षा गर्दछौं । राजा ज्ञानेन्द्रको निरंकुश हुकुमी शासनको विरोधमा सात राजनीतिक दलहरु संर्घष्ारत छन् । राजा ज्ञानेन्द्र यतिबेला नेपाली जनताको शान्ति र लोकतन्त्रको चाहानालाई कुल्चदैं देशलाई आफ्नो विर्ता झैं ठानेर राष्ट्रिय ढुकुटीमा लुट मच्चाउँदै मनपरी शासन गरिरहेका छन् । जनता महंगीले पिल्सिएर अधमरो अवस्थामा पुगेका छन्, तर राजालाई एक गाँस खान नपाउने जनताको पटक्कै चिन्ता छैन । पोखराको फेवातलामा रमाउँदै उनी काठमाडौंको तारे होलटबाट खाना झिकाएर खान्छन् । राजाले खाने लञ्च र डिनर हेलिकप्टरबाट बोक्नमा मात्र लाखौं खर्च हुने गरेको छ तर यहीबेला कर्ण्ाालीको विकट जिल्लाहरुमा खान नपाएर जनता भोकभोकै मरिरहेका छन् । युवराज पारस मुलुकको करोडौं रकम खर्च गर्दै चिडियाखानाको निम्तामा अष्ट्रिया घुमिरहेका छन् । अनिकालले आक्रान्त भएका जनताको चिन्ता राजा, युवराज, उनका आसेपासे र शाही सत्तालाई पटक्कै छैन । जनता यतिबेला शान्ति चाहन्छन् । लर्डाईको समाप्ति चाहान्छन् । बम र बारुद यो देशमा फेरि कहिल्यै नपड्कोस भन्ने चाहान्छन् । तर राजा लर्डाईको निरन्तरता चाहान्छन् , जनताको अधिकार जनतालाई फिर्ता गर्नुको सट्टा द्वन्द, हत्या र हिंसालाई अझ चर्काएर आफ्नो स्वेच्छाचारी शासनलाई कायमै राख्न चाहन्छन् । राजा दलहरु र जनतालाई सैनिक बलमा पेलेरै ठिक लगाउँछु भन्ने ध्याउन्नमा छन् । यस्ता स्वेच्छाचारी, निरंकुश, जनताप्रति अनुत्तरदायी र लोकतन्त्र विरोधी राजालाई जनताले दिने एक मात्र जवाफ भनेको शान्तिपर्ूण्ा र सशक्त जनआन्दोलन नै हो । त्यसैले सम्पर्ूण्ा लोकतान्त्रिक शक्ति र जनताको प्रमुख दायित्व यतिबेला निरंकुश राजतन्त्रको विरुद्ध र लोकतन्त्रको पक्षमा सशक्त आन्दोलनमा सामेल हुनु हो । यही चैत्र २४ देखि २७ गतेसम्म विरोध पर््रदर्शनका साथ देशब्यापी आमहड्तालको आव्हान गरिएको छ र यस क्रममा चैत्र २६ गतेको हकमा काठमाडौं लगायत देशका सम्पर्ूण्ा भागमा बृहद जनपर््रदर्शन हुनेछ । उक्त जनआन्दोलनमा देशका विभिन्न भागमा लाखौं जनता सडकमा उत्रने छन् । तपाई हामी ती सबै कार्यक्रमहरुमा सहभागी बनौं र सामन्ती राजाको निरंकुश शासनलाई सदाको लागि समाप्त पार्न कम्मर सकेर संर्घष्ाको मैदानमा अघि बढौं । आमहड्ताल र आन्दोलनका कार्यक्रमहको घोषणा हाम्रो रहर नभई बाध्यताको परिणाम हो । निरन्तर नकारात्मक दिशातर्फस्वेच्छाचारी ढंङ्गले अगाडि बढिरहेको निरंकुश राजतन्त्रलाई पराजित गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक लगायतका क्षेत्रमा अग्रगामी परिवर्तन सहितको समावेशी र सहभागीतामूलक राज्य ब्यवस्था सहितको पर्ूण्ा प्रजातन्त्र तथा दिगो शान्ति स्थापनाका लागि आइपर्ने केही अप्ठ्यारा तथा असुविधाहरुको सामना गर्न यहाँहरु सबैलाई हामी हार्दिक आग्रह गर्दछौं । यतिवेला देशको उद्योगधन्दा लगायत समग्र अर्थतन्त्र र शैक्षिक क्षेत्र चौपट भएको छ । लोकतन्त्र र शान्तिको स्थापना नभई स्थितिमा सुधार आउने कुनै सम्भावना छैन । त्यसैले आ-आफ्नो क्षेत्रबाट पर्ूण्ा सहयोग गर्दै घोषित आम हड्ताल, बृहद, जनपर््रदर्शन र असहयोग तथा अवज्ञाको कार्यक्रमलाई हरतरहबाट सफल बनाउन अपिल गर्दछौं । प्राध्यापक एवं शिक्षकहरु अध्यापन बन्द गरेर, विद्यार्थीहरु कलम-किताब बन्द गरेर, कर्मचारीहरु काम बन्द गरेर, कानून ब्यवसायीहरु बहस रोकेर, ब्यापारीहरु पसल बन्द गरेर, किसानहरु हलो-कोदालो छोडेर, उद्योगीहरु उद्योग बन्द गरेर, यातायातकर्मीहरु यातायात ठप्प पारेर, इञ्जिनियर, श्रमिक, महिला, युवा, दलित, जनजाति, मधेशी, कलाकर्मी सहित सम्पर्ूण्ा जनसमुदाय आ-आफ्नो काम छोडेर, पत्रकारहरु लोकतन्त्रका पक्षमा निर्भिक कलम चालाएर र डाक्टरहरु स्टेस्थेस्कोप -आला) बोकेर शाही सत्ताको जस्तोसुकै दमनलाई पनि चुनौति दिदैं संर्घष्ामा उत्रन आव्हान गर्दछौं । आन्दालनमा सहभागी हुँदा कर्मचारी लगायत कुनै पनि पेशा तथा ब्यवसायका नागरिकमाथि दमन भएमा लोकतन्त्रको स्थापना पश्चात स-सम्मान पर्ुनवहाली गर्ने तथा न्याय गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौं । हामी आन्दोलनको शक्तिले संसदको पुनस्थापना गर्दै त्यसको निर्ण्र्ााे अधिकार सम्पन्न र्सवदलिय सरकार, माओवादीसँग वार्ता र सहमतिका आधारमा संविधानसभाको निर्वाचन गरी पर्ूण्ा लोकतन्त्रको स्थापना गर्न प्रतिबद्ध छौं । देशमा विद्यमान द्वन्द्वको समाधान गर्दै र्सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा स्थापित गर्न देशलाई शान्ति, स्थायित्व र संवैधानिक प्रक्रियामा लैजान आ-आफनो ठाउँबाट उत्रौं र आन्दोलनमा सहभागी बनौं भनी हार्दिक आग्रह गर्न चाहान्छौं । निरंकुशतन्त्र र सशस्त्र द्वन्द्वबाट मुलुकलाई उपयुक्त निकास दिन सात राजनीतिक दल तथा नेकपा -माओवादी) बीच १२ बुँदे समझदारी र हालै दोश्रो पटक थप समझदारी समेत भएको छ । यसले मुलुकलाई लोकतन्त्र र शान्तिको निम्ति अगाडि बढ्न एउटा ठोस आधार प्रदान गरेको छ भन्ने हाम्रो निष्कर्षछ । तर्सथ यस प्रति हामी पर्ूण्ा प्रतिबद्ध रहेको कुरामा जोड दिन चाहन्छौं । हामी एक्काइसौं शताब्दीका सचेत जनता हौं । हामी राजा र राजपरिवारको कमारो भएर बस्न चाहँदैनौं । देशलाई राजपरिवारको नीजि विर्ता बन्न नदिन र लोकतन्त्र तथा शान्तिको स्थापना गर्न निरंकुश राजतन्त्र विरुद्धको शान्तिपर्ूण्ा लोकतान्त्रिक संर्घष्ामा सामेल हुनु बाहेक अर्को कुनै विकल्प छैन । त्यसैले जागौं, उठौं र चैत्र २४ देखि २७ गते सम्मको देशब्यापी विरोध पर््रदर्शन सहितको आमहड्तालमा सहभागी भएर परिवर्तनको संवाहक बनौंं । मान्छे भएर मान्छे झैं बाँच्ने स्वतन्त्र नागरिक बन्न र रैती बन्नुपर्ने अवस्थाबाट सदाको लागि मुक्ति पाउन शान्तिपर्ूण्ा संयुक्त जनआन्दोलनमा सक्रिय सहभागी बनौं ।

निरंकुश ‘ग्याङ’का सदस्य मोरियार्टी

Filed under: समाचार

 जनताका अधिकारलाई बन्दक बनाएर निरंकुश शासन संचालन गरिरहेका नेपालका घृणित राजा ज्ञानेन्द्रका नयां एजेण्ट भनौं या प्रवक्ता उही नेपालका लागि अमेरिकी राजदूत जेम्सएफ मोरियार्टर्ीीाजकल निकै बर्बर्राई रहेका छन । कारण बुझिनसक्नुको छ, नेपाली जनता मार्ने हतियार बिक्री गर्न नपाएर हो या राजा ज्ञानेन्द्रसँग सुरासुन्दरी या जाडपानमा रल्लिन नपाएर हो आजकाल उनी नेपाली जनता र आन्दोलनका विरुद्ध बोलिरहेका छन । यही चैत १६ गते उनले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेटे, १७ गते एमालेका अमृत बोहरासहितका नेतासँग भेटे । भेटको महान उदेश्य सात दल र माओवादीबीच जनताका पक्षमा भएको ऐतिहासिक बाह्र बुँदे समझदारी र राजाको होसहवास उडाउने गरी यही चैत २४ गतेदेखि गर्ने भनिएको चार दिने आमहड्ताललाई गर्भमै तुहाउनु । दुबै भेटमा उनले बाह्र बुँदे समझदारी भएकोमा रुच्ने स्वरमा निक्कै गनगन गरे, समझदारी तोड्न हारगुहार गरें । त्यतिमात्र नभएर दलले शान्तिपर्ूवक गर्ने आन्दोलनप्रति अमेरिकाको र्समर्थन गरेको तर माओवादीसित मिलेर या उसको घुसपैंठ हुने आन्दोलन नगर्न पनि भने । उनले भनेछन्-दलले गर्ने भनेको आमहड्तालमा आतंककारीको घुसपैठ हुन्छ, तर्सथ आन्दोलन रोक । यतिमात्र नभएर अर्को गज्जबको कुरा उनले भनेछन्-माओवादी हिंसामा रहेकाले उसको अन्तराष्ट्रिय छवी राम्रो छैन, दलहरु उसँग मिले भने तिनको छवी पनि त्यस्तै हुनेछ । राजदूतको यो भनाईको तार्त्पर्य के हुन सक्छ भने उनी जनशक्तिहरु नमिलुन्, राजाको निरंकुश सत्ता कायम रहोस्, जनताका अधिकार बन्दकै बनाइयोस्, नेपालमा द्धन्द्ध बढोस् र नेपाली जनता मार्न राजाको शाही सेनालाई हतियार बेच्न पाइयोस् । यति यस्तो आसय होइन भने किन उनी राजा ज्ञानेन्द्र, प्रजातन्त्र हुँदा देशबाटै भाग्ने र निरंकुश शासन संचालन भए नेपाल झुल्कने डा. तुलसी गिरी र महामण्डले कमल थापाको बोलीमा लोली मिलाउँछै छन - किन यी कुतत्वहरुको एजेण्टका रुपमा दौडधुप गरिरहेका छन, किन आन्दोलनका विरुद्ध बोलिरहेका छन, त्यो पनि जनता विरोधीहरुसँग ठ्याक्कै मिल्ने भाषामा - अब यी मोरियार्टीसँग नेपाली जनताले यो प्रश्नको उत्तर खोज्नु पर्छ । यिनी जनविरोधी ‘ग्याङ’मा सामेल हुन चाहन्छन भने नेपाली जनताले देशबाटै खेद्नु पर्छ । अर्काको देशमा बसेर त्यही देशका जनताको आन्दोलन र स्वतन्त्रताका विरुद्ध बोल्ने यी जासुसलाई एक सेकेण्ड पनि यहाँ बस्न दिनु हुँदैन । यस्ता राजाका भाटहरु रहेसम्म नेपाल र नेपाली जनताको मुक्ति सम्भव छैन ।

March 28, 2006

जेलमा रामचन्द्र पौडेलसंग गफगाफ

Filed under: समाचार

 

नेपाली कांग्रेसका महामन्त्री रामचन्द्र पौडेल दुइ महिनादेखि नजरबन्दमा हुनुहुन्छ । माघ ६ गते आफ्नै निवासबाट गिरफ्तारीमा परी डेढ महिना प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा राखिनुभएका पौडेल हाल प्रहरी पहरा गण त्रिपुरेश्वरमा हुनुहुन्छ । पौडेल पार्टर्ीीे एघारौं महाधिवेशनमा र्सवाधिक मतबाट केन्द्रीय सदस्यमा विजयी हुनुभएको थियो । दोस्रो मत पाउनु भएका उहाँलाई सभापति गिरिजाप्रसाद कोइरालाले महामन्त्री मनोनयन गर्नुभएको थियो ।

विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गर्नुभएका पौडेल ०४६ सालको राजनीतिक परिवर्तनपछि तनहँु जिल्लाबाट तिनै वटा प्रतिनिधि सभाको निर्वाचनमा सांसदमा विजयी बन्नुभएको थियो । उहाँ २०५१-२०५६ सम्मको प्रतिनिधि सभाको सभामुख, २०५१ अगाडि स्थानीय विकासमन्त्री र २०५८ सालको दरबार हत्याकाण्डको समयमा उपप्रधानमन्त्री र गृहमन्त्री हुनुहुन्थ्यो ।

नेपाली कांग्रेस एकीकरण र राजाको असोज १८ पछिको शासनको खरो आलोचक पौडेलसँग प्रहरी पहरा गणमा स्वतन्त्र समाचार सेवाका खिला कार्कीले गरेको वार्तालाप यहाँ प्रस्तुत गरिएको छः

नेपाली कांग्रेसका धेरै नेता रिटबाट मुक्त भइसके तपाईले किन रिट स्वीकार गर्नुभएन
?

पौडेल - वर्तमान अवस्थामा हाम्रो लर्डाई भनेको कानुनी हैन र । यो राजनीतिक लर्डाई हो । राजनीति गर्ने मान्छेले जेलजीवनबाट मुक्ती पाउनका लागि रिट हाल्दै अदालत जाने पनि हैन । राजनीति गर्नेहरुले जेल बस्न डराउनु पनि हुँदैन । त्यो भन्दा प्रमुख विषय भनेको लोकतन्त्रवादी राजनीतिक दलहरुको साझा मोर्चा सात दलले र नेपाली कांग्रेसले पनि औपचारिक रुपमा बन्दी छुटाउन अदालत जाने निर्ण्र्ाागरेको जानकारी पाएको छैन ।

पार्टर्ीीले फेरि चैत्रको अन्तिम साताबाट आन्दोलन सुरुवात गरेका छन्, । अबको आन्दोलन कस्तो हुनर्ुपर्छ -

पौडेल - आन्दोलन चैत्रको अन्तिम साताबाट मात्र हैन, निरन्तर कायम छ । तर चैत्रको अन्तीम साताका कार्यक्रम केही दुविधामा रहेको मेरो अनुमान छ । ४ दिने आम हडतालका बीचमा राजधानीमा पर््रदर्शन भनिएको छ । तर हडतालका बीचमा पर््रदर्शन हु्ँदा जनसहभागीता कम हुन सक्दछ । यस बारेमा मेरो तर्फाट पर्ुनविचार गर्न साथीहरुलाई खबर पर्ठाईसकेको छु । आम हड्ताल आन्दोलन उत्कर्षा पुगेका समयमा दिने कार्यक्रम हुन तर पर््रदर्शन पछि जनता सडकमा उत्रन थालेपछि मात्र आम हड्तालका कार्यक्रम दिइरहनर्ुपर्दथ्यो । तर जस्तो अवस्था र प्रकृतिका कार्यक्रम भएपनि लोकतन्त्रका लागि हुने आन्दोलनमा सबैपक्षको सहभागीताको आशा गरेको छु ।

दल-माओवादी बीचको समझदारीलाई यथावत राख्ने ढंगबाट मात्र दोश्रो समझदारी आयो यसलाई कसरी हर्ेर्नुभएको छ -

पौडेल - दल- माओवादी बीचको समझदारी विभिन्न दबाबका बावजुत पनि कायम रहयो । तर यसलाई अगाडि बढाउन दुवै पक्षले हिम्मत गर्नुपर्दथ्यो त्यो हिम्मत गरेनन् । मंसिर ७ गते भएको समझदारीमा देखिएका प्रश्नहरु समाधान गरेर अगाडि आउनु पर्दथ्यो त्यो भएन । पहिलो समझदारीको पाँच महिना बितिसक्दा पनि समझादारी माओवादीले इमान्दार भएर कार्यान्वयन गरेनन दोश्रो, समझदारीमा यसको कार्यान्वयन जोडसँग उठ्नर्ुपर्दथ्यो । त्यो भएझै लागेन । पाँच पाँच महिनासम्म दलका कार्यकर्ताहरु पर्ून स्थापित भएर गाउँ र्फकन सकेनन् । समझदारी पछि पनि प्रत्यक्ष या अप्रत्यक्ष रुपमा माओवादी गतिविधिका कारण शान्तिपर्ूण्ा आन्दोलनमा अवरोध समेत सृजना भए । समझदारी पछि शान्तिपर्ूण्ा आन्दोलन दमन गर्ने बाहाना राज्यलाई छोड्नु हुदैनथ्यो ।

व्रि्रोही माओवादीसँग चाँही समझदारी गर्ने दलहरु तर राजासँग संवाद किन नहुने छ
?

पौडेल- राजासँग संवाद हुदैन हैन हुन्छ तर संवादमा जाने विषय त हुने पथ्र्यो नि - राजा संवादका लागि आउ भनेर सम्बोधन गर्छन तर शासन छोड्दैन आफ्नै छत्र छायाँमा उमे्रर हर्ुर्की राजनीतिक आवरण दिएका जनताले नामै नसुनेका सँग संवाद गर्ने स्पष्ट दृष्टिकोणका साथ इच्छुक दलहरु भनी सम्बोधन गर्छन अनि कसरी वार्ता हुन्छ । संसदवादी राजनीतिक दलहरु जनताका शक्ति हुन भनेर हानी भनिरहेका छौ तर राजा दलहरुलाई कि राजाको कित्तामा कि माओवादी कित्तामा राख्न खोजिरहेका छन् । यसो हुँदा दलहरु अपमान सहेर वार्ता जाँदैनन् । तर माओवादीले अहिले जनताका शक्ति दलहरु नै हुन भन्ने स्विकार गरिसकेका छन् । त्यो अवस्थामा संवाद चलिरहेको हो ।

राजासँग संवाद हुँदैन माओवादी हिंसा छोड्दैनन् अवको निकास के त ?

पौडेल - अबको निकास प्रष्ट नै छ । जनताको शक्तिबाट जनताको संसद पर्ुनस्थापना गरेर संविधान सभामा जानुनै निकास हो । त्यकास लागि देश विदेशका सवै शक्ति सहमत भइसकेका छन् राजा बाहेक । र अव बाँकी भनेको विनकास कहिले सम्ममा भन्ने हो । निकासका लागि दलहरुले हतार गरेका छैनन् । दलहरु भावी पुस्ताले आवाज उठाउनु नपर्ने प्रजातन्त्रको पक्षमा छन् । पंचायतमा ३० बर्षसम्म संर्घष्ा गरेका दलहरु छोटो समयमा अत्तालीएका छैनन ।

तर विदेशी मित्रहरु त दलहरुलाई राजासँग मिल्न आग्रह गरिरहेका छन् कि
?

पौडेल - हो विदेशी मित्रहरुले त्यो भनेका छन् । उनीहरुले राजाको असली रोडम्याप थाहा पाएका छैनन् । विदेशी मित्रहरुलाई पनि भ्रममा राख्ने आयातीत मान्छेको भीक राजाले जम्मा गरेका छन् । त्यसैले गर्दा विदेशी मित्रहरुले राजासँग मिल भनेको हो । तर उनीहरुले लोकतन्त्रलाई तिलाञ्जली दिएर दलसँग मिल त भनेका छैनन् नि । त्यसैले केही समय लाग्न सक्दछ विदेशी मित्रहरु भ्रम चिर्न त्यसपछि उनीहरु आफै भन्न थाल्दछन् जनताका शक्ती एकठाउँमा रहनर्ुपर्छ भनेर । प्रजातन्त्र देउ, भनेर एकबर्षदेखि राजालाई भन्दै आएको विदेशी मित्रहरुको आवाजलाई पनि राजाले वेवास्ता गरेको हेरिरहेका छन् नि । प्रजातन्त्रबादी मित्र राष्ट्रले अहिले राजा र दल मिल्न भनिरहेका छन् । उहाँहरु त अवश्य कन्भिन्स हुनुहुन्छ जबकी पंचायती पृष्ठ भूमिका र्सर्ूयबहादुर थापा र पशुपतीहरु त कन्भीन्स भएका छन् ।

बन्दी जिवन कसरी बितानुभएको छ ?

पौडेल- भेट्न आउने साथीहरुसँग भेटघाट, बिहान बेलुका कम्पाउण्ड भित्र घुमिफर र पढ्न थालेको छु । लेख्न चाँही मुड चलेको छैन । अहिले ‘द इण्ड अफ सेन्चुरी’ भन्ने पुस्तक पढ्दै छु ।

 

 

‘अप्रिल क्रान्ति’माथि षड्यन्त्रको गन्ध

Filed under: समाचार

साथी कुसुम भट्टराइबाट

राजाले ‘असोज अठार’को शाही घोषणामार्फत निर्वाचित प्रधानमन्त्रीलाइ बर्खास्त गरी प्रत्यक्ष शासन प्रारम्भ गरेयता संसदवादी राजनीतिक दलहरुले पटक-पटक सञ्चालन गर्दै आएको ‘निर्णायक शान्तिपूर्ण संघर्ष’ यसपटक भने वास्तवमै ‘निर्णायक परिक्षण’को अवस्थामा आइपुगेको छ ।

यही चैत्र २४ गतेबाट थाल्ने भनिएको शान्तिपूर्ण संघर्षको सफलता र असफलताले नै राष्ट्रिय राजनीतिमा सात दलको वास्तविक हैसियत स्पष्ट पार्ने छ । तर विगतका ‘निर्र्ण्ाायक संघर्ष’हरु उत्कर्षमा पुगेर जसरी बेलुनको हावा फुस्के सरह भएका थिए, यसपटक त्यस्तो नहुने आशा र विश्व्ाास जनतामा जगाउन भने दलहरु अझै सकिरहेका छैनन ।

सात दल र माओवादीबीच केही साझा लक्ष्यमा भएको बाह्र बुंदे समझदारीपछि जनतामा जागेको उत्साहलाइ ‘नगदीकरण’ गर्न दलहरु असमर्थ देखिएका छन् । राजनीतिक दलहरुको झण्डा मुनी खुलेर गोलबन्द हुन नसक्ने, तर वर्तमान शासन सत्ताको तत्काल अन्त्य चाहने विभिन्न संघ संस्थाहरु आन्दोलनको भंगालोमा सामेल हुन चाहन्छन् । तर उनीहरुलाइ समेटन एउटा साझा मोर्चा समेत गठन गर्न नसकिरहेका दलहरुले २०४६ सालमा झैं जनताको स्वस्फुर्त संघर्षको सट्टा यसपटक पनि ‘पटके’ र ‘दिन तोकिएको’ संघरषमा जोड दिइरहेका छन । त्यसैले लोकतान्त्रिक संघर्ष अझै पनि संयुक्त राष्ट्रिय जनआन्दोलनमा परिणत हुन सकिरहेको छैन ।

‘असोज अठार’ यता दलहरुको आन्दोलनमा जनताले पटक-पटक साथ नदिएका होइनन । आन्दोलन उत्कर्षा पुग्नै लागेका बेला कहिले ‘दर्शनभेट’, कहिले ‘सकारात्मक संकेत’ त कहिले ‘प्रतिगमन आधा सच्चिएको’ नाममा त्यसलाइ तुहाउने काम दलहरुले नै गरेका हुन । दलहरु गाउ जाने, जनता तताउने, उनीहरुलाइ राजधानीमा उतार्ने तयारी गर्ने र निर्णायक दिनमा कुनै न कुनै षडयन्त्रमा अलमलिने क्रम जारी छ । हरेक दलहरुभित्रका ‘घुसपैठिया’ले षडयन्त्रलाइ सफल पार्ने भूमिका निर्वाह गर्दै आएका छन् । चैत्र २४ देखिको यसपटकको संघर्षका क्रममा पनि नेताहरुबाट पुनः जनतालाइ अन्यौलमा पार्ने अभिव्यक्तिहरु सार्वजनिक हुन थालेका छन् । बामदेव गौतम र झलनाथ खनालजस्ता हस्तीहरुलाई पाखा लगाएर कार्यवाहक महासचिव बनाईएका एमाले नेता अमृत बोहराले ‘सरकारको दमन र सुरक्षा व्यवस्थालाई ध्यानमा राखी राजधानी केन्द्रित आन्दोलनका कार्यक्रममा पुनर्विचार गरिने’जस्ता अभिव्यक्ति दिएर यसपटक पनि संर्घष्ालाई चरमोत्कर्षा पुर्‍याउने भित्री मनसाय नभएको संकेत गरेका छन् । सात दलले आफ्नो घोषित कार्यक्रमलाई अनेक बहानामा फेरबदल गर्ने संकेत दिएका छन् । ‘नेतृत्वको यही तदर्थवादी सोचका कारण सातै दलको युवा पुस्ता आक्रोशित भईरहेको छ । दलहरुको नेतृत्वमा साहसको कमी स्पष्ट देखिन्छ । ‘कतिपय व्यवहारहरुले दलको नेतृत्व स्वयं निर्ण्ाायक आन्दोलनको पक्षमा छ की छैन भन्ने आंशका उत्पन्न हुन्छ’ राजनीतिक विश्लेषकहरु भन्छन् । जस्तो की प्रतिगमन सच्चियो भन्दै सरकारमा गएका ११ जना एमाले नेतामध्ये तेलको भाउ बढाएर बदनामी कमाएका तात्कालीन देउवा सरकारका आपर्ूर्ति मन्त्री इश्वर पोखरेललाई नै अहिले चैत्र २४ देखि सुरु हुने राजधानी केन्द्रित संर्घष्ामा उपत्यका कमाण्डर बनाईएको छ । उता दल-माओवादी समझदारीको विपक्षमा र दरबारलाई फाईदा पुग्ने ढंगले खुलेआम अभिव्यक्ति दिदै हिडेकी नेतृ शैलजा आचार्यमाथि काँग्रेसले कुनै कारबाही चलाएको छैन । यस्ता प्रसंगहरु धेरै छन, जसका कारण जनताले दलहरुमाथि अझै पर्ूण्ा विश्वास गर्न सकिरहेका छैनन ।

सात दलको संर्घष्ा र ‘गाईले कान हल्लाउने कथा’को प्रसंग ठयाक्कै मिल्न आउँछ । कथा अनुसार चराचर जगतको उत्पत्ति भएपछि पहिलो पटक नेपालकै कुनै गाउँको एउटा गोठमा राती भुत पसेछ । भुत धपाउन त्यहाँ बांधिएको गाईले एउटा जुक्ति सोचेछ, र भनेछ-’भुतज्यू, यदि तपाईले मेरो शरीरको सम्पर्ूण्ा रौं गन्न सक्नुभयो भने सदाका लागि यो गोठ तपाईको, सक्नुभएन भने तपाई कहिल्यै यो गोठमा छिर्न पाउनुहुन्न ।’ गाईको ‘रौं गन्ने’ प्रस्ताव सामान्य लाग्यो, भुतलाई । उसले र्सत कबुल गर्‍यो र फटाफट पछाडिको खुट्टाबाट रौं गन्न सुरु गर्‍यो । सम्पर्ूण्ा शरीरको रौं गन्दै जब भुतले निर्ण्ाायक बेलामा कानको रौं गन्न थाल्यो, गाईले र्फरर कान हल्लायो । भुतले बिर्सियो-कहाँ र कति पुगेको थियो गन्ती - किंवदन्ती अनुसार भुतले अहिलेसम्म गाईको रौं गन्न सकेको छैन र त्यसैले चौपाया गोठमा भुत बस्न सक्दैन ।

‘यसपटक पनि सात दलको निर्ण्ाायक संर्घष्ाका क्रममा गाईले कान हल्लाउँदैन भन्ने कुनै ग्यारेन्टी छैन’-समय राष्ट्रिय साप्ताहिकका कार्यकारी सम्पादक जिवेन्द्र सिम्खडा भन्छन्-’संर्घष्ामा नेता, कार्यकर्ता, केही पेशाकर्मी र नागरिक समाजका अगुवा मात्र हैन, आम जनताको सहभागिता हुने वातावरण तयार गर्न दलहरु अझै सकिरहेका छैनन् । आन्दोलनमा जनता उतार्न साझा नारा, साझा मोर्चा, नेताहरुमा दृढ आत्मविश्वास एवं साहस र नयाँ नेपालको स्पष्ट तस्वीर हुनर्ुपर्छ । तर त्यस्तो भईनसकेकाले यसपटक पनि गाईले कान हल्लाउने र आन्दोलनको उभार अलमलमा पर्ने संभावनालाई नकार्न सकिन्न ।’

शान्तिपर्ूण्ा संर्घष्ाका जटिलताहरु अझै पनि प्रसस्तै छन । सात दल र माओवादीले चैत्र ६ मा अलग अलग विज्ञप्तिमार्फ ‘दोश्रो समझदारी’ र्सार्वजनिक गरेपनि दुबैबीच संर्घष्ाको स्वरुपबारे विवाद कायमै छ । माओवादी पक्ष दलहरुको गैरफौजी र आफ्नो फौजी संर्घष्ाको समायोजन गरेर निरंकुश राजतन्त्रलाई जर्बजस्त धक्का दिनुपर्ने अडानमा छ । दलहरुस
"ग सहकार्य गर्न माओवादी आतुर छ । तर राज्यसत्ताले ‘आतंककारी’सरह व्यवहार गर्न सक्ने डर र दल-माओवादी सहकार्य नरुचाउने अमेरिकालगायतको अन्तर्रर्ााट्रय समुदायको दबाबलाई ख्याल गर्दै सात दलले यसपटकको संर्घष्ालाई ‘आफ्नै नेतृत्व’मा घोषणा गरेका छन् । र, त्यसमा माओवादीको शान्तिपर्ूण्ा सहभागिता भए आपत्ति नहुने धारणा र्सार्वजनिक गरेका छन् । दिल्लीमा भएको ‘दोश्रो सहमती’लाई संयुक्त विज्ञप्तिमार्फ जारी गर्न सात दल तयार नहुनुले संसदवादी दल र माओवादी अझै पनि पर्ूण्ा समझदारीको चरणमा प्रवेश नगरिसकेको, दुवैपक्षबीच मुलभुत विषयमा असहमतीको रेखा कायमै भएको र सहकार्य अझै धेरै टाढाको विषय भएको स्पष्ट हुन्छ । संर्घष्ाको साझा नारा र मोर्चा अझै तय भईसकेको छैन । उता सात दल स्वयंमै पनि लोकतान्त्रिक गणतन्त्र, संसद पुनर्स्थापना, संविधानसभा वा सेरिमोनियल मोनार्कीमध्ये साझा नारा कुन हो भन्नेबारेमा मतैक्यता छैन । माओवादीले चैत्र २४ पहिल्यै र नभए आन्दोलनकै क्रममा माओवादी र सात दलका शिर्षथ नेतृत्वको बैठकद्वारा एउटै साझा लक्ष्य र नारा किटान गरिनुपर्ने आग्रह गरेको छ । माओवादी नेता डा. बाबुराम भट्टर्राईले आफ्नो पछिल्लो लेखमा भनेका छन्-’जनज्रि्रोमा गड्ने एउटै स्पष्ट नारा नभएसम्म आन्दोलन जनसमुदायमा झाँगिन सक्दैन र त्यसले निर्ण्ाायक ढंगले उत्कर्षम्म विकास गर्न सक्दैन ।’ यो माग माओवादीको मात्र होइन । नेपाली का"ग्रेसद्वारा गत आइतबार आयोजित छलफल कार्यक्रममा बुद्धिजीवीहरुको एउटै सुझाव थियो-’सात दलले संर्घष्ाको साझा लक्ष्य निर्धारण गर्नुपर्छ ।’

तर यही असहमती र आशंकाबीच चैत्र २४ गतेदेखि सुरु हुने भनिएको ‘निर्ण्ाायक संर्घष्ा’को तयारी भने जारी छ । काँग्रेसका सभापति एवं आन्दोलनका कमाण्डर गिरिजाप्रसाद कोइरालाले आन्दोलन रणनीतिबारे सबै दलका नेतासँग छलफल प्रारम्भ गर्नुभएको छ । सात दलका कार्यकर्ताहरु संर्घष्ामा व्यापक जनताको सहभागिता जुटाउन घर दैलोमा जाने तयारी गरिरहेका छन् । यसपटकको राजधानी केन्द्रित आन्दोलन हाँक्ने जिम्मा पाएका काँग्रेसका उपत्यका कमाण्डर अर्जुननरसिंह केसीले सरकारका अनेक षड्यन्त्र र निषेधाज्ञा तोडिने र कर्फूसमेत उल्लंघन गरिने उदघोष गरेका छन् । उता एमाले उपत्यका समन्वय समितिका सचिव योगेश भट्टर्राईले सरकारी धरपकड, निषेधाज्ञा र अन्य षडयन्त्रलाई विफल पार्न ‘बैकल्पिक व्यवस्था गरिएको’ बताउँछन । भट्टर्राईका अनुसार, सरकारले चैत्र १७ देखिनै सञ्चार सेवा अवरुद्ध गर्दै नेताहरुको धरपकड अभियान तेज बनाउने भएकाले आन्दोलनको नेतृत्वका लागि खटिने नेताहरु प्रायः भूमिगत भइसकेका छन् । ‘नेताहरु चैत्र २१ गतेसम्म लुक्ने, त्यसपछि हरेक दिन पालैपालो आम गिरफ्तारी दिने तयारी भईरहेको छ । हरेक दिन संर्घष्ाको नेतृत्व गर्नका लागि नेताहरुको वैकल्पिक व्यवस्था हुने छ’ उनले भने । अर्थात यसपटक पनि ‘हजारौं नेता-कार्यकर्ताले गिरफ्तारी दिने र बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गर्दै रिहा हुने’क्रम दोहोरिने छ । काँग्रेसका केसी र एमालेका भट्टर्राईले कर्फु तोडने र वैकल्पिक व्यवस्था गर्ने दावी गरेपनि सात दलले औपचारिक रुपमा कर्फु आदेश उल्लंघन गर्ने घोषणा गरिसकेका छैनन । गृहमन्त्री कमल थापा र संचार मन्त्री श्रीश समसेर राणाले ‘दलहरुमाथि माओवादी सरह व्यवहार गरिने र कर्फ्ूु लगाईने’ घोषणा गरिसकेकाले यसपटक पनि सरकारले चैत्र २४ देखि २६ का दिनहरुमा कर्फू आदेश जारी गर्ने संभावना छ । तर यस्तो अवस्था आएमा के गर्ने भन्ने बारेमा सात दल अझै स्पष्ट छैनन । उता माओवादीले भने ‘अवैध, निरंकुश र दमनकारी सत्तालाई मान्य हुने सीमा र र्सतमा मात्र आन्दोलनलाई कैद गर्ने हिसाबले होइन्, बरु उसका सबै आदेश, कर्फू आदिलाई तोड्दै र अनधिकृत र नाजायज बलप्रयोगको प्रतिरोध गर्दै अघि बढेर मात्र जनआन्दोलनलाई निर्ण्ाायक बिन्दुसम्म पुर्‍याउन सकिने’ सुझाव दिदै आएको छ । के यसपटक दलका नेता र कार्यकर्ताहरुमा यो साहस र बलिदान देखिएला - डा. बाबुराम भट्टर्राईको विश्लेषणमा सात दलका नेताहरुले खुट्टा नकमाएमा चैत्र २४ देखि २७ गतेसम्मको यसपटकको संर्घष्ाले नेपालको ‘अप्रिल क्रान्ति’लाई जन्म दिने संभावना र सामर्थ्य राख्छ ।

के यसपटकको आन्दोलनलाई ‘अप्रिल क्रान्ति’मा परिणत गर्न दलहरु तयार छन् त - या यसपटक पनि गाईले कान हल्लाउने संभावना नै बढी छ - यी प्रश्नहरु अझै अनुत्तरित नै छन् ।

March 27, 2006

‘पारस चोर पेरिस छोड’

Filed under: समाचार

ठुलो बाबु राजा विरेन्द्रको वंश नासहुने गरी नारायणहिटी हत्याकाण्ड मच्याउने उद्ण्ड पारस नेपालमा मात्र नभई संसारभरवाट खेदिइरहेका छन् । नेपालको राजधानी काठमाडौंमा पारस चोर देश छोड’ को नारा धन्किएको घटना नौलो होइन । तर, उनी फ्रान्सको राजधानी पेरिस पुग्दा समेत यस्तै नारा घन्कियो । त्यहा उनका विरुद्ध प्रदर्शनमा उत्रिएकाहरुले भने-’पारस चोर पेरिस छोड ।’

पेरिसमा उनी विरुद्ध भएका प्रदर्शनको समाचार निक्कै रोचक छ र यसले केही क्षण भएपनि नेपालका लोकतन्त्रवादीहरुलाइ प्रोत्साहन मिलेको छ ।

 

दुई दर्जनको दलबल सहित युरोप सयरमा रहेका पारस शनिबार पेरिस आइपुगेका हुन्।
पूवनिर्धारित कार्यक्रमअनुसार थोक्रादेरोमा मात्र कालो झण्डा देखाउने रहेको भए पनि थ्रोकादेरोपछि उनीहरु बेलुका पारस भोजमा संलग्न रहेको युनेस्को भवनअगाडि समेत विरोध प्रदर्शन गरेका थिए। तर शाही नेपाली राजदुतावासले अत्यन्त कडा सुरक्षा व्यवस्था मागेका कारण त्यहाँ भने कालो झण्डा देखाउन दिइएन।
प्रदर्शनमा फ्रान्सेली नागरिक तथा जर्मनी बेल्जियमबाट नेपालीहरुसमेत आएका थिए। सो प्रदर्शनमा बाँडिएका पर्चाहरु पढेर टावर आइफल हेर्न आएका पर्यटकहरुले ताली लगाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै लोकतान्त्रिक मञ्च पेरिसका अशोक न्यौपानेले देश रगतमा डुबिरहेको बेला दरवारियाहरु देशको सम्पती उडाएर मोजमस्ती गरिरहेका कारण आफूहरूले सो बिरोध गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, "जंगी शासन चलाउने राजसंस्थाका बिरुद्ध बोल्न बिरोध गर्न हामीलाई कर लागेको छ। जनताले हत्यारा ठानेका पारसलाई कालो झण्डा देखाएका हौं। यस्ताले मानवअधिकार सम्पन्न देश टेक्नु पनि लाजमर्दा कुरा हो।"
देशमा बग्रेल्ती समस्याहरु रहेका तिनलाई हल गर्न शान्ती समझदारीको बाटो अंगाल्नुको सट्टा फजुल अनावश्यक भ्रमणहरु गरेर मुलुकलाई अझ कंगाल बनाएको न्यौपानेले आरोप लगाउनुभयो।
मञ्चका अर्का सदस्य हरिहर अर्यालले काठमाडौंमा हप्तामा एक घण्टा पनि पानी दिन नसक्ने सरकार राज्यको करोड रुपैयाँ उडाएर मोजमस्तीमा युरोप आएको भन्दै यस्ता अनावश्यक भ्रमणहरु तुरुन्त रोकिनुपर्ने बताउनुभयो। बिगत झण्डै शय ५० बर्षयता नेपालको दरबार जनताको सम्पत्तीमा हालीमुहाली गर्न पल्केको उल्लेख गर्दै उहाँले राजनीतिक पार्टीहरूले दरबारको हातबाट सम्पूर्ण अधिकार खोसेर नागरिकहरुलाई सर्बाधिकार सम्पन्न बनाउन कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभयो।
मुलुकमा चलिरहेको रक्तपातपूर्ण हिंसाको शान्तिपूर्ण तरिकाले निकास दिन पार्टीहरूले खुट्टा कमाएर बस्न समय बाँकी नरहेको बताउनुभयो।
यसैगरी बेल्जियमबाट विरोध कार्यक्रममा भाग लिन आउनुभएका नवीन सापकोटाले नेपालको राजनीतिक आन्दोलनले गणतन्त्रको गति समातिसकेको उल्लेख गर्दै नेपालीहरूले शसक्त रुपमा क्रान्तिका पक्षमा जनमत श्रृजना गर्नुपर्ने बताउनुभयो।
प्रदर्शनमा नेपाली आन्दोलनका चर्चित गाउँ-गाउँ बाट उठ कोहीको लुगा १२ ठाउँ टालेको भन्ने गीत तथा माइला लामाले लेखेको व्यगं गीत गाइएको थियो भने मालिकका सेवामा नोकरहरु भन्ने कविता बाचन पनि गरिएको थियो।
प्रदर्शनमा गैँडा पाए पनि नेपाली सरकारलाई हतियार नदेऊ, राजाको चुनाव हतियारका साथ, पर्यटकहरुका लागि नेपाल स्वर्ग तर हामी नेपालीहरु दुईतर्फका हतियारबीच बाँचेका छौं भन्ने ब्यंग्यात्मक सन्देश बोकेका ब्यानरहरु बोकिएको थियो।
त्यसैगरी हामी नेपाली लोकतन्त्र चाहन्छौं, फजुल भ्रमण बन्द गर प्रेस स्वतन्त्रता मानबअधिकारको सुनिश्चितता गर, बिबादास्पद आतंककारी कानून खारेज गर, नेपालको तानाशाही सरकारलाई कुनै पनि सहयोग नगर, आजको आवश्यकता लोकतन्त्र जस्ता फ्रान्सेली ताथ नेपाली भाषामा लेखिएका व्यानरहरु प्रदर्शन गरिएका थिए। मञ्चले नेपालमा लोकतन्त्र स्थापना नहुञ्जेल भविष्यमा पनि कार्यक्रमहरू गर्ने बताएको छ।
 

March 26, 2006

राजालाई जोगाउने चरो-मुसो हुंदैनन्

Filed under: समाचार

राजाको सक्रिय शासनमा जनताले पाएको सबै भन्दा ठूलो उपहार भनेकै हत्या, हिंसा, महंगी हो । राजा आफ्नो सुखसयलका निम्ति जनताको ढाडै सेक्ने गरी मूल्य वृद्धि गर्न पछि पर्दैनन । उनको सक्रिय शासन सुरु भएयता दैनिक जसो मूल्य वृद्धि भइरहेको छ । कृतिम अभाव सिर्ज्ना भएको छ । कालोबजारी भइनै रहेको छ । ब्यापारी राजाले सक्रिय शासन गर्दा यस्तै हुंदो रहेछ, राजालाइ सत्ताको मात्र नभइ धन कमाउने मोह जागेपछि होस् पनि के ।

तर, सधै राजाकै मात्र दिन रहने छैन । जनता जाग्दैछन्, उनले जति महंगी बढाउंछन्, उनी गद्धी त्यागेर भाग्ने दिन झन नजिकिने छ । जनउभार महंगी विरुद्ध उत्रिन थालिसकेको छ । राजाको सक्रिय शासन समाप्त पार्न आन्दोलन गरिरहेका सात राजनीतिक दल पनि जनताको प्रत्यक्ष सरोकारको महंगीका विरुद्ध सडकमा कुर्लिन थालेका छन । यसो हो भने सात दल जनताको प्यारो हुने दिन नजकिने छ । यसले जनता र राजनीतिक दलको घनिष्टता बढाउने छ र निरंकुश राजालाइ गतिलो धक्का दिन बल पुग्ने छ ।

लोड सेडिङ र मूल्य वृद्धि गर्ने सरकारी निर्णय ‘जनतामारा र राष्ट्रमारा’ भएको भन्दै सात दलले १३ चैतका दिन राजधानीलगायत देशभर विशाल प्रदर्शन गरे ।

राजाको सरकारले हालै पेट्रोलियम पदार्थ र उपभोग्य सामाग्रीमा मूल्य वृद्धि गरेको छ । दरबारमा खानेपानीको छेलोखेलो छ । तर, राजाको गाउं अर्थात राजधानीका जनता पिउने पानी समेत नपाएर हैरान भएका छन ।

सात दलले अन्य भागमा झै राजधानीमा पनि प्रदर्शन गरे । राजधानीको असनबाट सुरु भएको दलको प्रदर्शन नगरका विभिन्न भाग हुंदै इन्द्रचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले लोडसेडिङ हटाउनु पर्ने, पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिनु पर्ने र उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने नारा लगाएका थिए ।

यो आन्दोलनले स्पष्ट संकेत के गरेको छ भने राजनीतिक दलसंग जनता एकाकार हुंदैछन । यसले निरंकुश राजालाइ कुनै पनि दिन गद्धी त्याग्न बाध्य बनाउन सक्छ । जुनसुकै मुद्धा लिएर किन नहोस् जनता एकै पटक सडकमा आर्ेलिएको दिन राजालाइ जोगाउने कोही हुनेछैन-उनका सेना, प्रहरी र सत्ता पाउन्जेल वरपर बसिरहेका निरंकुशतावादी आफै जोगिन खोज्ने छन, तर, राजालाइ जोगाउने चरो मुसो हुने छैन ।

लिम्बु अब आन्दोलनमा

Filed under: समाचार

राजाको निरंकुश सत्ताले कसैको माग सुन्दैन्, मुलुकमा जतिसुकै जनता मरुन् या जति रगतको भेल बगोस् उनलाई आफ्नो निरंकुश सत्ता लम्ब्याउन पाए पुग्छ ।

जनता सडकमा स्वतन्त्रताको माग गरिरहेका छन । यही मेसोमा लिम्बुबान मुक्ति मोर्चा केन्द्रीय समितिले प्रस्तावित लिम्बुवान स्वायक्तता घोषणा लगायतका माग पूरा नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

धनकुटाबाट पत्रकार विजयसन्तोषी र्राईले जनाए अनुसार, मोर्चाका केन्द्रीय अध्यक्ष वीर नेम्बाङ्गले पर्ूवाञ्चलको अज्ञात स्थलबाट जारी गरेको विज्ञप्तिमा लिम्बुवान स्वायत्तताको स्थापनाबाट मात्र लिम्बुवानबासीहरुको राजनीतिक, आर्थिक, सामाजिक सुरक्षाको प्रत्याभूती सम्भव रहेको जनाउनुभएको छ ।

विज्ञप्तिमा ६ अगष्ट १७७४ मा नेपाल र लिम्बुवानबीच भएको सन्धिपत्र तसली मुलुकी लालमोहरको आधारमा वर्तमान पर्ूर्वी नेपालको मेची र कोशी अञ्चल अर्न्तर्गत धनकुटा, सुनसरी, तेह्रथुम, झापा, मोरङ्ग, संखुवासभा, पाँचथर, ताप्लेजुङ्ग र इलाम जिल्लालाई मिलाएर लिम्बुवान स्वायक्तता गठन गरिनुपर्ने माग गरिएको छ ।

परराष्ट्र, रक्षा र मुद्राको विषय बाहेक अर्थ, गृह, सञ्चार, न्याय, प्रशासन, शिक्षा, स्वास्थ्य, उद्योग, ब्यापार, विकास-निर्माण, यातायत, पर्यटन, जलस्रोत, खनिज पदार्थ, कृषि, भूमी, वनलगायतका सवै विषय लिम्बुवान स्वायक्तलाई दिइनुपर्ने, नेपालको संविधान लिम्बुवानमा आंशिक रुपमा मात्र लागू हुनुपर्ने माग विज्ञप्तिमा गरिएको छ ।

डरपोक राज्य

Filed under: समाचार

राज्य चारैतिर हारिरहेको छ । बन्दुकको बलमा टिकेको राज्य अहिले अहिले बन्दुककै भरमा जनतासामु टिक्न नसक्ने स्थितिमा पुगेको छ । हो, यही कारण देशरभबाट जनतासँग डराएर राज्यले आफ्नो सुरक्षा कार्यालयहरु सारिरहेको छ । उसलाई जनताको सुरक्षासँग मतलबै छैन, आफ्नै त्यो पनि सेना, प्रहरीको सुरक्षाको चिन्तामात्र छ । १३ चैतका दिन एउटा सामचार आएको छ, विराटनगरबाट ।

पत्रकार महेन्द्र विष्टले लेखेको त्यो समाचारमा भनिएको छ-पर्ूवाञ्चल क्षेत्रका विभिन्न प्रहरी कार्यालयहरुमा सशस्त्र व्रि्रोही माओवादीले लगातार आक्रमण गर्न थालेपछि असुरक्षाको कारण देखाउँदै मोरङ्ग सुनसरीको सीमामा रहेको निमुवा प्रहरीचौकी हटाइएको छ ।

चौकीमा र्सइको नेतृत्वमा दर्ुजन भन्दा बढी प्रहरी रहँदै आएका थिए ।

यसैगरी विराटनगर इटहरीको ब्यस्त सडकमा रहेको ट्राफिक कार्यालयलाई पनि क्षेत्रीय ट्र्राफिक कार्यालय इटहरीमा गाँभिएको छ ।

राजमार्ग सुरक्षा जा
"चका लागि राखिएको कार्यालयलाई शुक्रबारदेखि जिल्ला कार्यालय मोरङ्गमा गाँभिएको सुरक्षा सूत्रले जनाएको छ ।

यसैगरी इलाका प्रहरी रानीमा पनि असुरक्षाका कारण रातको समयमा प्रहरीहरु बस्न छाडेका छन । राजमार्गमा पनि सुरक्षा जाँच हुन छोडेको छ ।

एक साताको अवधिमा माओवादीले झापाको बिर्तामोड, सुनसरीको धरान, मोरङ्गको उर्लाबारी लगायतका क्षेत्रमा आक्रमण गरेका थिए ।

यो सबै हर्ेदा यस्तो डरपोक राज्य हुनु भन्दा त भष्म हुन नै वेश जस्तो लाग्छ ।

March 25, 2006

किन सुन्नु रेडियो नेपाल

Filed under: समाचार

चार दिन अघि आफ्नै घर अगाडी माओवादी र सुरक्षाकर्मीहरुबीच भिडन्त भएपछि बल्ल बल्ल बांचेका छत्रेवांझ गाविस-६ का ५१ बर्षीय हर्रि्रसाद घिमिरे शुक्रवार बेलुका सात बजे रेडियो नेपालको समाचार सुन्दा सुन्दै रेडियो नै फुटाइदिए । रेडियोले गृहमन्त्रि कमल थापाको भाषण बजाइरहेको थियो । समाचारमा थापा-’ देशमा शान्ति तथा अमनचैन छ, जनतालाइ सरकारले राहत दिएको छ र जनता कुनै मारमा छैनन’ भन्दै थिए । उनको रिसले कन्पारो तातेछ । संगै रहेको एक सय ८० को रेडियोमाथि उनले रिस पोखे । काभ्रे भिडन्तका पिडितमध्ये उनी पनि एक हुन् । दोहोरो गोलि हानाहानवाट उनको घर क्षत्रि्रस्त बनेको छ । तर, सरकारले अहिलेसम्म राहत भने दिएको छैन ।  उनले रेडियो फुटाउनुको कारण प्रष्ट्याउदै भने’आफै आंखा अगाडि भिडन्त भोगेर बल्ल बल्ल बांचेका छौ, रेडियोमा चाहि शान्ति छ भन्छ ‘ ‘म झण्डै मरेको त्यो मन्त्रि चांही रेडियोमा सबै शुरक्षित छ भन्छ’उहां थप आक्रोसित बन्दै भन्नुभयो । विपन्न वर्गका घिमिरेले दुइ बर्ष अघि ऋण गरेर १ सय ८० रुपैयांमा रेडियो किनेका थिए । उनले केही बर्ष अघि ३३ हजारमा घर किनेका थिए । उनले अझै घरको ऋण पूरा चुक्ता गर्न सकेका छ्रैनन् । भिडन्तवाट उनको घरको जस्तामा क्षत्रि्रस्त बनेको छ । चारैतिर प्वाल नै प्वाल छ । उनी थप्दैथिए-’रेडियो त सत्य भन्नु नी कस्तो मापाको रेडियो रहेछ ।’








Get free blog up and running in minutes with Blogsome | Theme designs available here

-->