नमाग्नू ! लोकतन्त्र
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला अहिले राजाको सक्रिय शासन अन्त्य गरी मुलुकमा लोकतन्त्रको वहालीको आन्दोलनका कमाण्डर हुनुहुन्छ । ‘कछुवा गति’मै सही उहांले आन्दोलनलाई चर्काउन नदिए पनि मर्न चाहिं दिनुभएको छैन । त्यसका लागि उहां धन्य हुनुहुन्छ ।लोकतन्त्र वहालीका लागि सडकमा उत्रदा उहांको टाउंकोमा लाठी बज्रिएको दृश्य राजधानीबासीले अहिले पनि झल्झली सम्भिmएकै छन । ८५ वर्षको त्यो बुढोलाइ प्रहरीले लछारपछार पार्दा टाउंकोमा रगत बगेको पनि देखिएकै हो । यो त भयो राजासंग लोकतन्त्र माग्दाको परिणाम ।
तर, कोइरालासँगै कसैले लोकतन्त्र माग्यो भने के होला - जवाफ पाउन गाह्रो छैन । ९ चैतका दिन राजधानीमा विद्यार्थीले गरेको प्रदर्शनमा भएको ब्यवहार हेरे पुग्छ । कांग्रेस र उसको भातृ संस्था नेपाल विद्यार्थी संघभित्र आन्तरिक लोकतन्त्र हुनुपर्यो भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले गरेको हस्तक्षेपबाट सात विद्यार्थी घाइते भएका छन । कसैको टाउंको फुटेको छ, कसैको हात भांचिएको छ, कसैको के भएको छ । यही कारण संघका पूर्व केन्द्रीय सदस्य विकास कोइराला, त्रिचन्द्र क्याम्पसका स्ववियू सभापति दिपक भट्टराइ, पुरुषोत्तम महत, अनिल खनाल, अनुपराज पोख्रेल, आनन्द खनाल र राजेन्द्र बास्तोला अहिले मोडल अस्पतालमा उपचार गराइरहेका छन । कोइरालाले तिनको आवाज सुन्नुभएको छैन अर्थात कोइराला आफ्नो पार्टी र त्यसका भातृ संगठनमा ‘निरंंकुशता’ लाद्न चाहनुहुन्छ र पार्टीभित्र सक्रिय शासन चलाउन चाहनु हुन्छ । लोकतन्त्रका लागि लड्नु पर्ने विद्यार्थी उपचारका लागि अस्पतालको शैयामा पुग्नु पर्दा पनि कोइरालालाइ कुनै मतलब छैन । यस्तो गतिले उहांले लोकतान्त्रिक आन्दोलन कसरी हाक्नु होला । मौका मिले आफै निरंकुश हुने कोइरालालाइ राजाको निरंकुशतालाइ परास्त गर्ने गरी लड्ने नैतिक शक्ति यही कारण प्राप्त नभएको हुन सक्छ । विडम्बना नै भनौं, नेपालमा जो लोकतन्त्रको माग गर्छ उनले गोली, लाठी, अश्रूग्यांस, पानीको फोहोरा खानु पर्छ । हालसालै पनि गोरखा र धनगढीमा एक एक जना राजनीतिक कार्यकर्ताले प्रहरीको तातो गोली खाएकै हुन, तर त्यो राजासंगको लड्लाको फल थियो । तर, कोइरालासंगै लोकतन्त्र माग्नेले पनि अस्पतालै जानु पर्ने गरी लाठी किन खानु परेको होला - बुझ्नै नसक्ने विषय भएको छ ।

good story.
Comment by ram — March 23, 2006 @ 5:40 am