:: सुरक्षाकर्मीको नयां काम : : March : : 2006 <

March 23, 2006

सुरक्षाकर्मीको नयां काम

Filed under: समाचार

अहिले मुलुकभर चोरी, डकैती र हत्याका घट्नाहरु बढिरहेका छन । कसैले परिचय दिएर चोरी गरिरहेको छ भने कसैले गुप्त रुपमा । विगतमा चोरी, लुटपाट र हत्याका घट्ना हुँदा र्सवसाधारण अभियुक्त समात्न प्रहरी कार्यालयमा उजुरी हाल्न पुग्थे ।

अब त्यसो गरेर अभियुक्त पक्राउ पर्ने छैनन । ९ चैतका दिन भएको दर्ुइ वटा घट्नाले यही भन्छ । चोर खोज्न अब प्रहरी या अरु कसैले अनुसन्धान गरिरहनु पनि परेन । अब सैनिक ब्यारेक, सशस्त्र प्रहरी बल र जनपथ प्रहरी कार्यालयमा गयो भने चोर पत्ता लागिहाल्छ ।

हुन त नेपाली समाजले आख्यानै बनाएको छ ‘प्रहरीको अनुहार चोरको जस्तै हुन्छ’ भनेर । तर, अहिले त्यतिमात्र नभएर ‘सुरक्षाकर्मीको अनुहार चोरको जस्तै हुन्छ’ भन्नुपर्ने भएको छ । आखिर घट्नाहरुले यही भन्छ ।

साढे तीन महिनादेखि घरमै नजरबन्दमा राखिएका एमाले महासचिव माधवकुमार नेपाल घरमा ९ चैतका दिन सशस्त्र प्रहरीले नेपालकै शब्दमा ‘दिउँसै लुटपाट गर्‍यो ।’ त्यो बर्दिधारी वरिष्ठ प्रहरी उपरिक्षक माधव थापाको नेतृत्वको टोलीले गरेको लुटपाट थियो । ‘पर्ुर्जी छैन, केही छैन । एक्कासी आएर घर खानतलासी गरेर मेरो फोन सेट, परिवारले चलाउने कम्प्युटर बलजफ्ती लुटे’ नेपालले भन्नुभएको छ-नचलेको फोन सेट, फ्याक्स किन लानुहुन्छ भन्दा पनि मानेनन् ।’

हो, दिउँसै मुलुकको एउटा शक्तिशाली राजनीतिक दलका प्रमुख नेताको घरमा प्रहरीले यसरी लुटपाट गर्दा पनि मुलुकबासीले सहनै परेको छ । फेरि यस्तो कामलाई राजाको सरकारले निक्कै ठूलो सफलता ठानेको छ । यही कारण त अनुहार हर्ेन पनि घिन लाग्ने पात्र कथित गृह मन्त्री कमल थापाले १० चैतका दिन लुटलाई वैधता दिँदै भनेका छन-माधवजीले सञ्चार साधनको दुरुपयोग गरेकाले जफत गरिएको हो ।’

यी मन्त्रीको तर्क नै हाँस उठ्दो छ । लाइन नै नभएको टेलिफोन सेट र फ्याक्स कसरी दुरुपयोग भयो भन्ने प्रश्न मनमा उठ्नु स्वभाविक हो ।

गृह मन्त्रीलाई पत्रकारहरुले राजधानीको कपनमा भएको अर्को घट्नाको बारेमा सोधेनन्, यदी सोधेको भए उनले भन्ने थिए होला-प्रहरीले लुटपाट गर्न खोज्नु सोह्रै आना ठीक हो । राजाको सक्रिय शासन नै यसैका लागि हो ।’

नेताको घरमा औपचारिक रुपमा लुटपाट त भयो नै, अनौपचारिक रुपमा सशस्त्र प्रहरीले ९ चैतकै दिन राजधानीको कपनमा र्सवसाधारणको घरमा लुटपाट गरे । साँझपख हतियार देखाएर लुट्न खोज्ने सशस्त्र प्रहरीका दर्ुइ अधिकृतको प्रयासलाई कपनबासीले विफल पारिदिए । प्रतिकार गर्दा गाउँलेले गोली खानु पर्‍यो, दर्ुइ जना त घाइते नै भए । स्थानीयबासीले ज्यानको माया मारेर पक्राउ गरेका दर्ुइ जनाको परिचय गोप्य नै छ, उनीहरुलाई पक्राउ गरी बुझाउन वडा प्रहरी कार्यालय बौद्ध गएका प्रहरीले समेत ‘कालेकाले मिलेर खाऊ भालें’ भनेझै प्रहरी-प्रहरी मिल्नर्ुपर्छ भन्ने मान्यतामा उनीहरुलाई जोगाउन खोजेका थिए । चोर पक्रनुको साटो उल्टै गाउँलेमाथि प्रहरीले कुटपिट गर्‍यो । घट्ना र्सार्वजनिक नभएको हो भने ती प्रहरीलाई राज्यले संरक्षण दिन्थ्यो होला ।

अहिले मुलुकमा वैधानिक चोर, लुटेरा र हत्याराहरु निस्किएका छन । बागबजारमा प्रहरीले गोली हानी होटल मालिकको हत्या गरेको एक साता नबित्दै लुट्को घट्ना बाहिर आएको छ । माओवादीले गाउँघरमा ‘वैध’ रुपमा गरिरहेको लुटपाट त छदैछ, त्यसमाथि राजाको संरक्षणमा रहेको सुरक्षा निकायका सदस्यहरु पनि माओवादीसँग प्रतिस्पर्धा गर्न ओर्लिएका छन ।

‘हामी माओवादी हौं’ भन्दै गाउँघरमा लुटपाट भएको घट्ना दैनिक रुपमा बढिरहेको छ । पछिल्लो समयमा र्सार्वजनिक भएका घट्नाहरुलाई हर्ेदा अनुमान लगाउन गाह्रो छैन-त्यसो गर्ने राजाको संरक्षणमा रहेको शाही नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र कथित प्रतिकार समितिका सदस्यनै हुन् । राजाको शासन रहेसम्म यो क्रम रोकिने छैन ।

यही कारण पनि राजाको शासन ढालेर शाही नेपाली सेनालगायतको सुरक्षाकर्मीलाई जनताको नियन्त्रणमा राख्नुको विकल्प छैन ।

Comments »

The URI to TrackBack this entry is: http://prahar.blogsome.com/2006/03/23/security-persons-new-work/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>









Get free blog up and running in minutes with Blogsome | Theme designs available here

-->