:: राजा, अनि जर्साबहरुको सम्पत्ति जफत हुनैपर्छ : : March : : 2006 <

March 24, 2006

राजा, अनि जर्साबहरुको सम्पत्ति जफत हुनैपर्छ

Filed under: समाचार

एउटा सुखद खबर आएको छ, लोकतन्त्रवादी अर्थात जनपक्षीय नागरिकका लागि । हो, अन्तराष्ट्रिय मानवअधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले राजा, राजपरिवार र शाही नेपाली सेनाका उच्च अधिकृतको सम्पत्ति जफत गर्ने बारे अन्तराष्ट्रिय बहस चलाएको खबरले नेपाली जनतालाई निक्कै खुसी तुल्याएको छ ।

‘एमनेष्टी राजा र सैनिक अधिकारीहरुको अचल सम्पत्ति र्सार्वजनिक हुनपर्छ भन्ने बहस चलाउन तत्पर भइरहेको छ’ एमनेष्टी एसिया प्रसान्त क्षेत्रका कार्यक्रम निर्देशक पूर्ण् सेनले भनेकी छिन ।

एमनेष्टीको यो सोह्रै आना ठीक काम हो । दरबार या सेनामा हुने भ्रष्टाचारको संरक्षक या प्रमुख लाभदायक राजा र जर्सर्ाारु नै हुन । तिनका बारेमा अहिलेसम्म कसैले खोजबिन गरिरहेको छैन । नेपाली जनताले तिनको सम्पत्ति र्सार्वजनिक हुनुपर्ने र तिनले गरेका भ्रष्टाचारप्रति दण्ड हुनुपर्ने आवाज उहिल्यै उठाएका हुन । तर,। त्यसो हुन नसकिरहेको बेला एमनेष्टीले चालेको कदम निक्कै सराह्रनीय हुनेछ । नेपाली जनताले पनि त्यसलाई साथ दिनेछन ।

राजाको सम्पत्ति जफत हुनुपर्ने अरु धेरै कारण पनि छन । निरंकुश राजा ज्ञानेन्द्र अहिले मुलुकमा सक्रिय शासनमात्र चलाइरहेका छैनन, सोल्टी ग्रूपद्धारा संचालित एक दर्जन उद्योगधन्दाका अतिरिक्त आफ्नो ब्यापार पनि चलाइरहेका छन । उनले तस्करीलाई मलजल गरिरहेका छन । आफ्ना ठूलाठूला उद्योगधन्दाको कर मिनाहा गरेर मुलुकको ढुकुटीलाई खोक्रो पारेका छन । उनले दरबारको खर्च बढाएर नेपाली जनताको थाप्लोमा थपभार पारेका छन । जनताले दुख पाइरहेका बेला जनताकै करबाट मोजमस्ती गरिरहेका छन, महंगा कार, हेलिकोप्टर किनेर चढिरहेका छन, विदेश सयरमा करोडौं रुपैयाँ स्वाहा पारेका छन । जनताकै ढुकुटीबाट सुरासुन्दरीमा खर्च गरिरहेका छन ।

आसेपासेहरुलाई राज्यकोषबाट करोडौं रुपैयाँ दिएका छन । अनि यस्ता राजालाई छोडेर हुन्छ -

त्यतिमात्र नभएर अहिले सेनालाई समेत ब्यापारमा लगाउन लागेका छन । सेनालाई एफएम चलाउन दिने र अरु ब्यापार गर्न दिने कानून नै तयार पारेका छन । नेपाली जनता यस्ता राजा र यिनलाई साथ दिने जर्सर्ाारुमाथि कारबाही हुने दिन कुरिरहेका छन । छिटोभन्दा छिटो कारबाही हुनर्ुपर्छ । सम्पत्ति जफतबाटै यो काम सुरु हुनर्ुपर्छ । राजा ज्ञानेन्द्रले दाजु मारेर दाजुको परिवारका सबै सम्पत्ति पनि स्वाहा पारेका छन । त्यसको पनि खोजी हुनर्ुपर्छ ।

 

 

 

Comments »

The URI to TrackBack this entry is: http://prahar.blogsome.com/2006/03/24/go-on-amnesty/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>









Get free blog up and running in minutes with Blogsome | Theme designs available here

-->