:: रगत बगाउनेले नै रगत पाएनन् : : March : : 2006 <

March 24, 2006

रगत बगाउनेले नै रगत पाएनन्

Filed under: समाचार

कुनै बेला शान्तिको अर्थात गौतमवुद्धको देश भनेर संसारभर कहलिएको नेपालका जंगल, गाउँघर, खोला किनारा, सडक जताततै रगत बगिरहेको छ, एघार वर्षेखि । तपाई जता जानुस्, रगतका टाटा देख्न सक्नु हुन्छ, युद्धभूमि नेपालमा । सशस्त्र व्रि्रोही माओवादीले हिंसात्मक जनयुद्ध थालेयता हिंसा र प्रतिहिंसाको चपेटामा परेर हजारौं नेपालीले ज्यान गुमाउनु परेको छ । दैनिक जसो नेपाली मरेको खबर आउनु नौलो लाग्न छोडेको छ । गोली खाएर रगत बगाउनेको संख्या त कति हो कति । तर, गोली खाएर पनि बाँकी रहेको धुङधुङ्तीबाट ज्यान जोगाउन अस्पताल जानेहरुले तत्काल रगत नपाएको नमिठो खबर प्राप्त भएको छ ।

हो, सुनसरीबाट पत्रकार याम प्रधानले निरंकुशता विरुद्ध खडा भएको नयाँ समाचार समिति स्वतन्त्र समाचार सेवालाई लेखेको समाचारले यही भन्छ । उनी लेख्छन्- मुलुकका कुनै न कुनै भागमा सशस्त्र माओवादी र सुरक्षा फौज्बीच भिडन्त भइरहन्छ । भिडन्तमा कैयौंको ज्यान जाने गरेकोमात्र छैन, गम्भीर घाइते पनि हुने गरेका छन ।

उनीहरुका लागि तत्काल उपचार नहुने हो भने ज्यान खतरामा पर्न सक्छ । तर, घाइते भएकाहरु हुन या सवारी दर्ुघटनामा परेका बिरामीलाई आवश्यक पर्ने रकम पाउन भने हम्मेहम्मे पर्छ ।

तत्काल घाइतेका आफन्त नभेटिँंदा र पेशेवर रक्तदाता फेला नपर्दा उपचारमा संलग्न अस्पतालका चिकित्सकलाई पनि हुनसम्मको अप्ठ्यारो आइलाग्छ ।

दोहोरो भिडन्तमा गोली लागेर जोखिमपर्ूण्ा घडीमा पुगेका व्यक्ति हुन् वा दर्ुघटनाका घाइते या अन्य सिकिस्त रोगीका लागि रक्तसंचार विभागले मागेको समयमा रगत उपलब्ध गराउन सकेन भने रगत अनिवार्य चाहिने पीडितको ज्यान बचाउन मुस्किल पर्छ, चिकित्सकलाई । लामो समयको खडेरी परेझैं यतिखेर पर्ूर्वी नेपालको सबैभन्दा ठूलो चिकित्सालय वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि रगतको त्यस्तै खडेरी परेको छ ।

रक्तसंचार विभागमा सामाजिक संघ संस्थाले रक्तदान गरी जम्मा गरेको रगतको संचय पर्याप्त छैन ।

त्यहाँका कर्मचारीहरु भन्छन-दैनिक न्यूनतम ३० पिण्ट भन्दा बढी रगत माग हुन थालेपछि धान्न गाह्रो भएको छ । दैनिक आउने गर्भवती महिला, अन्य रोगले पीडित रोगी बाहेक भिडन्तका घाइते र दर्ुघटनामा परेका व्यक्तिको उपचारका लागि र्सवप्रथम रगत दिनुपर्ने भएकाले यतिखेर रगतको खडेरी लागेको छ ।

नेपाल रेडक्रस सुनसरीका रक्तसंचार विभागका संयोजक वासुदेव गौतमले विभागमा रगत अभाव भएपछि केही दिन अघि राजधानीबाट ४० पिण्ट ल्याएर काम चलाइएको बताउनुभयो । ।

‘कहिलेकाहींँ त दिनमा ४०-५० पिण्ट रगत जान्छ, के गर्नु विभागमा रगत हँुदैन अनि दौडधुप गर्नुपछ’ रक्तसंचार विभागका कर्मचारीहरुको गुनासो यस्तै छ ।

दैनिक लगभग हजारभन्दा बढी बिरामीको ओहोर-दोहोर हुने प्रतिष्ठानमा फागुनको अन्तिम सातादेखि रगत अभाव देखापरेको हो । माओवादी र सुरक्षाफौजबीच पर्ूर्वी भागमा हुन थालेको दैनिक भिडन्तले पनि रगतको खपतमा त्रि्रता आएको रक्तसंचार विभागले जनाएको छ । झापाको विर्तामोड, सुनसरीको धरान र मोरङको उर्लावारीमा भएका पछिल्ला ठूला भिडन्त बाहेक गाउँघरमा हुने स-साना गोली हानाहान तथा एम्बुसमा पर्ने घटना पनि प्रतिष्ठानमा रगतको माग बढ्नुको प्रमुख कारण बनेको छ ।

प्रतिष्ठानको रक्तसंचार विभागमा रगत संचयमा खडेरी परेपछि रेडक्रस सुनसरी शाखाको आग्रहमा धरानको सुनौलो पुस्तकालय, आँपगाछी टोल सुधार समिति इटहरी र धरान जेसिज, मारवाडी युवा मञ्च इटहरीरले सरदर न्यूनतम ४० देखि ६४ पिण्ट रक्तदान गरी विभागलाई बुझाएका छन् ।

Comments »

The URI to TrackBack this entry is: http://prahar.blogsome.com/2006/03/24/no-blood/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>









Get free blog up and running in minutes with Blogsome | Theme designs available here

-->