:: डरपोक राज्य : : March : : 2006 <

March 26, 2006

डरपोक राज्य

Filed under: समाचार

राज्य चारैतिर हारिरहेको छ । बन्दुकको बलमा टिकेको राज्य अहिले अहिले बन्दुककै भरमा जनतासामु टिक्न नसक्ने स्थितिमा पुगेको छ । हो, यही कारण देशरभबाट जनतासँग डराएर राज्यले आफ्नो सुरक्षा कार्यालयहरु सारिरहेको छ । उसलाई जनताको सुरक्षासँग मतलबै छैन, आफ्नै त्यो पनि सेना, प्रहरीको सुरक्षाको चिन्तामात्र छ । १३ चैतका दिन एउटा सामचार आएको छ, विराटनगरबाट ।

पत्रकार महेन्द्र विष्टले लेखेको त्यो समाचारमा भनिएको छ-पर्ूवाञ्चल क्षेत्रका विभिन्न प्रहरी कार्यालयहरुमा सशस्त्र व्रि्रोही माओवादीले लगातार आक्रमण गर्न थालेपछि असुरक्षाको कारण देखाउँदै मोरङ्ग सुनसरीको सीमामा रहेको निमुवा प्रहरीचौकी हटाइएको छ ।

चौकीमा र्सइको नेतृत्वमा दर्ुजन भन्दा बढी प्रहरी रहँदै आएका थिए ।

यसैगरी विराटनगर इटहरीको ब्यस्त सडकमा रहेको ट्राफिक कार्यालयलाई पनि क्षेत्रीय ट्र्राफिक कार्यालय इटहरीमा गाँभिएको छ ।

राजमार्ग सुरक्षा जा
"चका लागि राखिएको कार्यालयलाई शुक्रबारदेखि जिल्ला कार्यालय मोरङ्गमा गाँभिएको सुरक्षा सूत्रले जनाएको छ ।

यसैगरी इलाका प्रहरी रानीमा पनि असुरक्षाका कारण रातको समयमा प्रहरीहरु बस्न छाडेका छन । राजमार्गमा पनि सुरक्षा जाँच हुन छोडेको छ ।

एक साताको अवधिमा माओवादीले झापाको बिर्तामोड, सुनसरीको धरान, मोरङ्गको उर्लाबारी लगायतका क्षेत्रमा आक्रमण गरेका थिए ।

यो सबै हर्ेदा यस्तो डरपोक राज्य हुनु भन्दा त भष्म हुन नै वेश जस्तो लाग्छ ।

Comments »

The URI to TrackBack this entry is: http://prahar.blogsome.com/2006/03/26/looser-government/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>









Get free blog up and running in minutes with Blogsome | Theme designs available here

-->