जेलमा रामचन्द्र पौडेलसंग गफगाफ
विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गर्नुभएका पौडेल ०४६ सालको राजनीतिक परिवर्तनपछि तनहँु जिल्लाबाट तिनै वटा प्रतिनिधि सभाको निर्वाचनमा सांसदमा विजयी बन्नुभएको थियो । उहाँ २०५१-२०५६ सम्मको प्रतिनिधि सभाको सभामुख, २०५१ अगाडि स्थानीय विकासमन्त्री र २०५८ सालको दरबार हत्याकाण्डको समयमा उपप्रधानमन्त्री र गृहमन्त्री हुनुहुन्थ्यो । नेपाली कांग्रेस एकीकरण र राजाको असोज १८ पछिको शासनको खरो आलोचक पौडेलसँग प्रहरी पहरा गणमा स्वतन्त्र समाचार सेवाका खिला कार्कीले गरेको वार्तालाप यहाँ प्रस्तुत गरिएको छः पौडेल - वर्तमान अवस्थामा हाम्रो लर्डाई भनेको कानुनी हैन र । यो राजनीतिक लर्डाई हो । राजनीति गर्ने मान्छेले जेलजीवनबाट मुक्ती पाउनका लागि रिट हाल्दै अदालत जाने पनि हैन । राजनीति गर्नेहरुले जेल बस्न डराउनु पनि हुँदैन । त्यो भन्दा प्रमुख विषय भनेको लोकतन्त्रवादी राजनीतिक दलहरुको साझा मोर्चा सात दलले र नेपाली कांग्रेसले पनि औपचारिक रुपमा बन्दी छुटाउन अदालत जाने निर्ण्र्ाागरेको जानकारी पाएको छैन । पार्टर्ीीले फेरि चैत्रको अन्तिम साताबाट आन्दोलन सुरुवात गरेका छन्, । अबको आन्दोलन कस्तो हुनर्ुपर्छ - पौडेल - आन्दोलन चैत्रको अन्तिम साताबाट मात्र हैन, निरन्तर कायम छ । तर चैत्रको अन्तीम साताका कार्यक्रम केही दुविधामा रहेको मेरो अनुमान छ । ४ दिने आम हडतालका बीचमा राजधानीमा पर््रदर्शन भनिएको छ । तर हडतालका बीचमा पर््रदर्शन हु्ँदा जनसहभागीता कम हुन सक्दछ । यस बारेमा मेरो तर्फाट पर्ुनविचार गर्न साथीहरुलाई खबर पर्ठाईसकेको छु । आम हड्ताल आन्दोलन उत्कर्षा पुगेका समयमा दिने कार्यक्रम हुन तर पर््रदर्शन पछि जनता सडकमा उत्रन थालेपछि मात्र आम हड्तालका कार्यक्रम दिइरहनर्ुपर्दथ्यो । तर जस्तो अवस्था र प्रकृतिका कार्यक्रम भएपनि लोकतन्त्रका लागि हुने आन्दोलनमा सबैपक्षको सहभागीताको आशा गरेको छु । दल-माओवादी बीचको समझदारीलाई यथावत राख्ने ढंगबाट मात्र दोश्रो समझदारी आयो यसलाई कसरी हर्ेर्नुभएको छ - पौडेल - दल- माओवादी बीचको समझदारी विभिन्न दबाबका बावजुत पनि कायम रहयो । तर यसलाई अगाडि बढाउन दुवै पक्षले हिम्मत गर्नुपर्दथ्यो त्यो हिम्मत गरेनन् । मंसिर ७ गते भएको समझदारीमा देखिएका प्रश्नहरु समाधान गरेर अगाडि आउनु पर्दथ्यो त्यो भएन । पहिलो समझदारीको पाँच महिना बितिसक्दा पनि समझादारी माओवादीले इमान्दार भएर कार्यान्वयन गरेनन दोश्रो, समझदारीमा यसको कार्यान्वयन जोडसँग उठ्नर्ुपर्दथ्यो । त्यो भएझै लागेन । पाँच पाँच महिनासम्म दलका कार्यकर्ताहरु पर्ून स्थापित भएर गाउँ र्फकन सकेनन् । समझदारी पछि पनि प्रत्यक्ष या अप्रत्यक्ष रुपमा माओवादी गतिविधिका कारण शान्तिपर्ूण्ा आन्दोलनमा अवरोध समेत सृजना भए । समझदारी पछि शान्तिपर्ूण्ा आन्दोलन दमन गर्ने बाहाना राज्यलाई छोड्नु हुदैनथ्यो । पौडेल- राजासँग संवाद हुदैन हैन हुन्छ तर संवादमा जाने विषय त हुने पथ्र्यो नि - राजा संवादका लागि आउ भनेर सम्बोधन गर्छन तर शासन छोड्दैन आफ्नै छत्र छायाँमा उमे्रर हर्ुर्की राजनीतिक आवरण दिएका जनताले नामै नसुनेका सँग संवाद गर्ने स्पष्ट दृष्टिकोणका साथ इच्छुक दलहरु भनी सम्बोधन गर्छन अनि कसरी वार्ता हुन्छ । संसदवादी राजनीतिक दलहरु जनताका शक्ति हुन भनेर हानी भनिरहेका छौ तर राजा दलहरुलाई कि राजाको कित्तामा कि माओवादी कित्तामा राख्न खोजिरहेका छन् । यसो हुँदा दलहरु अपमान सहेर वार्ता जाँदैनन् । तर माओवादीले अहिले जनताका शक्ति दलहरु नै हुन भन्ने स्विकार गरिसकेका छन् । त्यो अवस्थामा संवाद चलिरहेको हो । राजासँग संवाद हुँदैन माओवादी हिंसा छोड्दैनन् अवको निकास के त ? पौडेल - अबको निकास प्रष्ट नै छ । जनताको शक्तिबाट जनताको संसद पर्ुनस्थापना गरेर संविधान सभामा जानुनै निकास हो । त्यकास लागि देश विदेशका सवै शक्ति सहमत भइसकेका छन् राजा बाहेक । र अव बाँकी भनेको विनकास कहिले सम्ममा भन्ने हो । निकासका लागि दलहरुले हतार गरेका छैनन् । दलहरु भावी पुस्ताले आवाज उठाउनु नपर्ने प्रजातन्त्रको पक्षमा छन् । पंचायतमा ३० बर्षसम्म संर्घष्ा गरेका दलहरु छोटो समयमा अत्तालीएका छैनन । पौडेल - हो विदेशी मित्रहरुले त्यो भनेका छन् । उनीहरुले राजाको असली रोडम्याप थाहा पाएका छैनन् । विदेशी मित्रहरुलाई पनि भ्रममा राख्ने आयातीत मान्छेको भीक राजाले जम्मा गरेका छन् । त्यसैले गर्दा विदेशी मित्रहरुले राजासँग मिल भनेको हो । तर उनीहरुले लोकतन्त्रलाई तिलाञ्जली दिएर दलसँग मिल त भनेका छैनन् नि । त्यसैले केही समय लाग्न सक्दछ विदेशी मित्रहरु भ्रम चिर्न त्यसपछि उनीहरु आफै भन्न थाल्दछन् जनताका शक्ती एकठाउँमा रहनर्ुपर्छ भनेर । प्रजातन्त्र देउ, भनेर एकबर्षदेखि राजालाई भन्दै आएको विदेशी मित्रहरुको आवाजलाई पनि राजाले वेवास्ता गरेको हेरिरहेका छन् नि । प्रजातन्त्रबादी मित्र राष्ट्रले अहिले राजा र दल मिल्न भनिरहेका छन् । उहाँहरु त अवश्य कन्भिन्स हुनुहुन्छ जबकी पंचायती पृष्ठ भूमिका र्सर्ूयबहादुर थापा र पशुपतीहरु त कन्भीन्स भएका छन् । बन्दी जिवन कसरी बितानुभएको छ ? पौडेल- भेट्न आउने साथीहरुसँग भेटघाट, बिहान बेलुका कम्पाउण्ड भित्र घुमिफर र पढ्न थालेको छु । लेख्न चाँही मुड चलेको छैन । अहिले ‘द इण्ड अफ सेन्चुरी’ भन्ने पुस्तक पढ्दै छु ।
नेपाली कांग्रेसका महामन्त्री रामचन्द्र पौडेल दुइ महिनादेखि नजरबन्दमा हुनुहुन्छ । माघ ६ गते आफ्नै निवासबाट गिरफ्तारीमा परी डेढ महिना प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा राखिनुभएका पौडेल हाल प्रहरी पहरा गण त्रिपुरेश्वरमा हुनुहुन्छ । पौडेल पार्टर्ीीे एघारौं महाधिवेशनमा र्सवाधिक मतबाट केन्द्रीय सदस्यमा विजयी हुनुभएको थियो । दोस्रो मत पाउनु भएका उहाँलाई सभापति गिरिजाप्रसाद कोइरालाले महामन्त्री मनोनयन गर्नुभएको थियो ।
