फेरि राजा राणा झगडा
रि राजा राणा झगडा नेपालमा राणा शासनको अन्त्य भएको धेरै भएको छैन । साढे पांच दशकपछि उनै श्री ३ का नाती पशुपति शम्शेर र नेपालका निरंकुश राजा ज्ञानेन्द्रबीच झैझगडा सुरु भएको छ । नेपाली कांग्रेस, भारत र राजाबीच नयाँदिलीमा भएको समझदारीबाट पत्तासाफ भएको राणा शासन फर्काउन यी राणाले राजासंग पौठेजोरी खेल्न थालेका त होइनन ? आफ्ना हजुरबाको सत्ता खोस्ने शाह खलकसँग बदला लिन खोजेका त होइनन ? फेरि राणा शासनका लागि आन्दोलन छोडेका त होइनन ? यी तमाम प्रश्न इतिहास जान्नेहरुले गर्न सक्छन् । जे भए पनि अहिले राणा शासन फर्काउन सम्भव छैन । राजा पंचायती शासनमा र्फकन खोज्दा त यहाँ हंगामा भइरहेको छ भने राणाको त्यो तागत होला र ? शुक्रबार राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी र राजाबीच संवाद हुनुपर्ने माग गर्दै सडकमा उत्रेको छ । ‘महंगी विरुद्ध’ नयां बानेश्वरदेखि लैनचौरसम्म मोटरसाइकल र्याली गरेको छ । त्यो पार्टीका सदस्य जोगमेहर श्रेष्ठको भनाइमा ‘बन्दुकको बलमा निरंकुश शासन संचालन हुन थालेकाले त्यसको प्रतिकार गर्न’ राप्रपा सडकमा उत्रेको हो । उनको भनाईले राणाले राजालाई थुनेर फेरि पुरानै राणा शासन फर्काउन खोजेको भनेर बुझिहाल्नु भुल हुनेछ । राणाले पनि ‘दलसँग वार्ता गर्न राजालाई पटकपटक आग्रह गर्दा सुनुवाई नभएकाले सडकमा उत्रेको’ बताएर राणा शासन फर्काउन नभई २०४६ सालपछि मुलुकमा चलेको संसदीय शासन फर्काउन हो भन्ने स्पष्ट पार्न खोजेका छन । यसर्थ अहिलेको राजा-राणा झगडाले जनतालाई नै फाईदा पुग्ने अनुमान गर्न सकिन्छ । तर, एउटा कुरा भने भुल्नु हुँदैन् । राणा कमल थापा सत्तामा रहेका विरुद्ध सडकमा उत्रेका हुन या किन ? विगतले के देखाउँछ भने सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा पनि उनलाई फ्याक्न अर्थात दलहरु सम्मिलित र्सवदलिय सरकार निर्माणका लागि राप्रपा सडकमा ओर्लेको थियो । त्यसको परिणाम देउवा सरकार गठन भयो, जुन राजाको चाहाना अनुसारको सरकार थियो । राजाले जसरी नियुक्त गरे त्यसै गरी देउवालाई हुत्याए । तर्सथ अहिलेको राप्रपाको आन्दोलनको माग र्’र्सवदलिय सरकार’त्यही इतिहास दोहोर्याउन त होइन ? यद्यपी पूर्व पञ्च र मण्डलेहरुको पार्टी राप्रपा दरबारिया पार्टीहरु भन्दा अग्रगामी देखिएकोमा चाहिँ साधुवाद ।
