राजा ज्ञानेन्द्रलाई गोलीका भरमा गद्धी टिक्छ भन्ने लागिरहेको छ । त्यही कारण त गोली हान्दै दैनिक नेपाली जनताको रगत बगाउन पाएकोमा उनी दंग परिरहेका अनुभव गर्न सकिन्छ ।
सरकारी करर्यू, निषेधाज्ञा र चर्को दमनको प्रतिकार गर्दै सोमबार पनि सात राजनीतिक दल सम्बद्ध आन्दोलनकारीले अधिराज्यभर ब्यापक प्रदर्शन गरेका छन । प्रदर्शनका क्रममा ठाउँठाउँमा गोली चलेको छ । राजधानीमा सोमबारमात्र चाबहिल र गोंगबुमा गोली चल्यो भने धनगढीमा पनि गोली चलेको छ । त्यस क्रममा कैयौं प्रदर्शनकारी घाइते भएका छन ।
गोंगबुमा गोली लागेर १५ जना घाइते भएका छन । गोंगबु र चावहिलमा सुरक्षाकर्मीले रवरको गोली हानेका थिए । प्रहरी दमनको विरुद्ध सोमबार बेलुका संयुक्त जनआन्दोलन संयोजन समितिले बेलुका ७.०० बजेदेखि एक घण्टा ब्याक आउट कार्यक्रम राखेको छ ।
गोली लागी गोंगबुको प्रदर्शनमा भाग लिइरहेका मिना भुषाल, हेमचन्द्र मुडभरी, श्याम लामा ,बलराम श्रेष्ठ, कृष्णप्रसाद कोइराला, काजीराम श्रेष्ठ, बिदुर कार्की, गणेश श्रेष्ठ, राजेन्द्र दाहाल, बिनोद पौडेल घाइते भएका छन । राजकुमार खड्का, बिनोद लामिछाने, हरिकुमार अधिकारी, भोला सेर्ढाई, इन्द्रमान महर्जन पनि घाइते भए ।
अन्य दिनको तुलनामा सुरक्षाकर्मी गोंगवु क्षेत्रमा तिव्दमनमा उत्रिएका थिए । प्रहरीले जथाभावी लाठी प्रहार गर्दा गोंगबुमामात्र २४ भन्दा बढी घाइते भएका छन ।
इन्जिनियरिङ्ग एसोसिएनमा इन्जिनियरहरुले गरेको प्रदर्शन दबाउन सुरक्षाकर्मीले एशोसिएन हाताभित्रै रबरको गोली प्रहार गरेको छ । गोली प्रहारबाट एशोसिएसनका अध्यक्ष डा. जिवराम पोखरेल, नगेन्द्र अधिकारी, विप्लव घिमिरे, पुण्यसागर मरहठ्ठा घाइते भएका छन ।
कलंकीमा भएको पर््रदशनमा ओम थपलिया, सविता अधिकारी, रुपेश सापकोटा, रामचन्द्र तिवारी, राम पाठकलगायत २० जना पक्राउ परेको दलहरुले जनाएका छन । ओम थपलिया र राम पाठकको टाउको फुटेको छ । कलंकीबाटै प्रहरीले २० जना पक्राउ गरेको छ ।
कोटेश्वरमा भएको प्रदर्शनमा बिरवलकाजी र्राई, बानेश्वरको प्रदर्शनवाट एमालेका प्रेम कुँवर गिरफ्तार भएका छन् । हाडिगाउँमा भएको प्रदर्शनवाट माधव गौतम, ज्ञानु डंगोल गिरप\mतारीमा परेका छन् । मैतिदेवीबाट सुदिप शर्मासहित १० जना विद्यार्थी पक्राउ परेका छन । जोरपाटीमा भएको प्रदर्शनमा जितु गौतम, कृष्ण र्राई, विक्रम न्यौपाने, बलबहादुर परियार, प्रेमकुमार श्रेष्ठ, अशोक तामाङ्ग, दिपक कार्की, शान्ता गुरुङ्गलाई कुटपिट गर्दै गिरफ्तार गरियो ।
करर्यूको अवज्ञा गर्दै बिजुली बजारमा निस्केको जुलुसमा प्रहरीले हस्तक्षेप गरी एमाले कन्द्रीय सदस्य शान्ता मानवीलगायतलाई पक्राउ गरेको छ ।
प्रदर्शनकारीहरुले करर्यूको उलंघन गर्दै कपन क्षेत्रमा निरंकुशताको पुत्ला जलाएका छन । जोरपाटीवाट निस्किएको जुलुस चाबहिल क्षेत्रमा आएर सभाका परिणत भएको थियो । यसैबीच नेविसंघले चावहिल क्षेत्रमा मसाल जुलुश निकालेको छ । मसाल जुलुशमा प्रहरीले हस्तक्षेप गरी दिनेश र्राई घाइते भएका छन । उनको खुट्टा भाँचिएको छ । उनलाई मोडल अस्पतालमा उपचार भइरहेको छ ।
मैतिदेवी, कीरि्तपुर, चुच्चेपाटी, भक्तपुर, पाटन लगायतका क्षेत्रवाट पनि करर्यूको अवज्ञा गरिएको छ ।
कीरि्तपुरको नयाँ बजारमा भइरहेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरिरहेको छ । प्रहरीको हस्तक्षेपपछि त्यहाँको जुलुस तितरबितर भएको छ ।
धुम्बाराहीमा भएको पर््रदर्शनमा प्रहरीले हवाइ फायर गरेको छ ।
नयाँ बानेश्वरमा भएको प्रदर्शनबाट प्रहरीले नेकपा एमालेका सर्म्पर्क विभागका सदस्य प्रेम कुँवरलाई पक्राउ गरेको छ । जोरपाटी, मैतीदेवी लगायतका क्षेत्रमा आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् । चाबहिल भत्केको पुलमा अहिले पनि प्रदर्शन भईरहेको छ । सोह्रखुट्टमा प्रहरीले स्थानीय वासिन्दाको घरघरमा छिरेर निर्घात कुटपिट गरेको छ ।
ललितपुरको पुल्लोचक इन्जिनियरिङ क्याम्पसको वातावरण पनि बिहानैदेखि तनावग्रस्त छ । पाटनको सुन्धारा, गुहिटीलगायतका क्षेत्रमा पर््रदर्शन गरिएको थियो । भक्तपुरमा कृषि विकास वैंक, खानेपानी संस्थान लगायतका सरकारी कार्यालयमा पर््रदशनकारीले तालाबन्दी गरेका छन ।
लोकतन्त्र चोक
यसैबीच आन्दोलनरत सात दलले गोंगबु क्षेत्रलाई लोकतन्त्र नगर घोषणा गरेका छन । आमहड्ताल, निशेधाज्ञा र कफर््र्यूको निरन्तर अवज्ञा गर्दै लोकतन्त्रको स्थापनाका लागि सो क्षेत्रका स्थानीयबासीले गरेको सहयोग स्वरुप सो क्षेत्रको चोकलाई जनआन्दोलन चोक नामाकरण गरिएको हो ।
सात दलका प्रतिनिधिहरुको सोमबार बसेको संयुक्त बैठकले लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागिताको लागि गोंगबुबासीप्रति आभार प्रकट गर्दै निरन्तर आन्दोलनमा सहभागिताको आब्हान गरेका छन ।
एमालेका प्रकाश ज्वाला, नेपाली कांग्रेसका जगदीश्वरनरसिंह केसी, प्रजातान्त्रिक कांग्रेसका देवेन्द्रप्रसाद ढकाल, नेपाल सद्भावना पार्टर्ीीानन्दीदेवीका अनिलकुमार झा र संयुक्त वाममोर्चाका ऋषी कट्टेलको उपस्थितिमा बैठक बसेको हो ।र्
कर्मचारी पनि आन्दोलनमा
राजविराजस्थित समाचारदाताका अनुसार, लोकतन्त्रका लागि जारी आन्दोलनप्रति एक्बद्धता जनाउँदै सोमबारदेखि नगरपालिकाका कर्मचारीहरु पनि आन्दोलनका सरिक भएका छन । राजविराज नगरापलिकाका कर्मचारीहरुले आन्दोलनप्रति एक्बद्धता जनाउँदै बिहान १० बजेदेखि कामकाज ठप्प गरे ।
आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै यहाँ स्थित राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडका वित्तिय कर्मचारीहरुले अनिश्चितकालसम्मका लागि कामकाज बन्द गरेका छन । नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले पनि कामकाज ठप्प पारेका छन ।
आन्दोलनका क्रममा पक्राउ परेका ५२ जना राजनीतिक दलका नेता कार्यकर्तालाई आइतबार स्थानीय प्रशासनले तीन महिने पर्ूर्जी थमाएको छ ।
चार घाइते र्
पर्वतस्थित समाचारदाताका अनुसार, सात राजनीतिक दलद्वारा आव्हान गरिएको आम हड्तालको पा"चौं दिनको जनपर््रदर्शनमा प्रहरीले व्यापक धरपकड र कुटपिट गरी चार जना आन्दोलनकारीहरुलाई गम्भीर घाइते बनाएको छ भने पर््रदर्शनका क्रममा १० जनालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेपाली कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति नवराज गुरुङ, नेकपा एमालेका उपसचिव विकास लम्साल, जनमोर्चा नेपालका उपाध्यक्ष तेजेन्द्र पौडेल, एमालेका कार्यालय सचिव शान्त पौडेल, जिल्ला सदस्य मेघनाथ सुवेदी, नेपाली तरुण दलका जिल्ला उपाध्यक्ष हरि न्यौपाने, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष लेखनाथ पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य टुकप्रसाद शर्मा र प्याथोलोजी क्लिनिकका मिनप्रसाद शर्मा रहेका छन ।
दिउ"सो २.०० बजे कुश्माबजारको महेन्द्रचोकबाट सुरु भएको विशाल जुलुश वडागाउ"मा पुग्दा प्रहरीले अगाडि बढ्न नदिएपछि पर््रदर्शनकारीहरु र प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरीले अस्पतालभित्रै पसेर एमालेका पार्टर्ीीचिव मोती पौडेललाई कुटपिट गरेको थियो भने हिमालय टाइम्स पर्वतका समाचारदाता ओमप्रसाद उपाध्यायलाई ँम पत्रकार हु"’ भन्दाभन्दै लाठी प्रहार गरी गम्भीर घाइते बनाएको थियो । त्यसैगरी प्रहरीको लाठीचार्जबाट नेपाली कांग्रेसका दिपुबाबु गिरीको देव्रे खुट्टा भा"चिएको छ भने गम्भीर घाइते भएका तरुण दलका जिल्ला उपाध्यक्ष हरि न्यौपानेलाई सशस्त्र प्रहरी वल चण्डिका गण भित्रै राखिएको छ ।
सत्याग्रह
लोकतन्त्रको माग गर्दै नागरिक समाज पर्वतले सोमबार जिल्ला प्रशासन कार्यालय पर्वत अगाडि सत्याग्रह आन्दोलन गर्यो ।
लोकतन्त्रको स्थापना गर, सम्पर्ूण्ा राजबन्दी रिहाई गर, शान्तिपर्ूण्ा आन्दोलनमा प्रहरी दमन बन्द गर जस्ता नाराहरु सहित देब्रेहातमा कालो पट्टी बाँधेर बिहान १० बजेबाट सो सत्याग्रह शुरु भएको थियो ।
नुवाकोटस्थित सामचारदाताका अनुसार, लोकतान्त्रिक आन्दोलदनको लागि उत्रिएको आन्दोलनकारीले जिल्ला विकास समिति नुवाकोटका दर्ुइ इलाका सदस्यलाई कालोमोसो दलिदिए । जिल्ला विकास समिति सदस्य धनवहादुर तमाङ र हरीशरण भट्टार्राईलाई कालो मोसो दलिएको हो ।
लोकतान्तिक आन्दोलनको पक्षमा सोमबार यहाँ हजारौंको संख्यामा जनता सडकमा उत्रिए ।
स्थानीय वट्टार बजारवाट सुरु भएको जुलुसले विदुर, ढुङ्गे, त्रिशुली परिक्रमा गर्यो ।
प्रत्येक घरवाट एक एक जना सहभागी हुन आन्दोलनकारीदलहरुले आहृवान गरेअनुरुप घरघरवाट आन्दोलनलाई उर्जा थप्न महिला तथा वृद्धहरु समेत आन्दोलनमा सहभागी भएका थिए ।
कार्यक्रममा विद्यार्थिहरुले राजा र राजसंंस्था विरुद्ध चर्का नारावाजी गरेका थिए भने आन्दोलनकारीले जिल्ला मालपोत कार्यालय, कृषि विकास कार्यालयमा ढुंगा प्रहार गर्दा झ्यालका सिसा फुटाएका थिए ।
आन्दोलननमा सहभागी हुन सोमबारनै गाउ"गाउ"बाट आन्दोलनकारीहरु सदरमुकाम आएका थिए । सदरमुकाम विदुरबाट दश किलोमिटर पर रहेको जिलिङ गाविसबाट संयौंको संख्यामा आन्दोनकारी आ-आफ्नो पार्टर्ीीे झण्डा बोकी सदरमुकाम आएका थिए ।
आन्दोनकारीहरु विदुर नगर पालिका प्रवेश गर्न खोज्दा प्रहरीले हानेको लाठीबाट दर्ुइ विद्यार्थी घाइते भएका छन । त्यहाँ आधा घण्टा झडप भएको थियो ।
भद्रपुरस्थित समाचारदाताका अनुसार, निरकुशताको विरुद्ध र लोकतन्त्रको पक्षमा झापाका पत्रकारहरुको नेतृत्वमा सोमबार मध्यान्ह नेपालको पर्ूर्वी प्रवेशद्वार का"करभिट्टामा अहिलेसम्मकै विशाल जुलुस पर््रदर्शन भएको छ ।
पत्रकारहरुको नेतृत्वमा लोकतन्त्र र प्रेस स्वतन्त्रताको माग गर्दै जुलुस पर््रदर्शन गर्ने तयारी थाहा पाएर त्यस क्षेत्रका चिया र यातायात मजदुरहरु, कलकारखानाका मजदुरहरु ऐक्यवद्धता प्रकट गर्न बिहान ९.०० बजेदेखिनै
झण्डा र व्यानर बोकेर आएका थिए भने अन्य पेशागत संघ संगठन, र्सवसाधारण, राजनैतिक दलका कार्यकर्ता र नेताहरु तथा नागरिक समाजका व्यक्तिहरुले पनि जुलुसमा ऐक्यवद्धता प्रकट गर्न भेला भएका थिए ।
जुलुसमा करिव सात हजारको उपस्थिति थियो ।