:: ‘कालोमन’का राजा ज्ञानेन्द्रलाई कालोझण्डा : : April : : 2006 <

April 2, 2006

‘कालोमन’का राजा ज्ञानेन्द्रलाई कालोझण्डा

Filed under: समाचार

 

जनअधिकारलाई लात मार्दै, संविधानलाई धुजाधुजा पार्दै सक्रिय शासन चलाइरहेका निरंकुश राजा जता गयो त्यतै जनताले उनको विरोध गरिरहेका छन । निरंकुश राजालाईगद्धीबाट सडकमा पछारेर जनताको मुक्ति चाहनेको संख्या बढिरहेको छ । यस्ता लोकतन्त्रवादीलाई ज्ञानेन्द्रले भने सकेसम्म दमन गरिरहेका छन । कारण प्रष्टै छ, ज्ञानेन्द्र दमनबाटै आफ्नो आयू बढ्ला भन्ने भ्रममा छन ।

उनको दमनको रुप पाल्पामा पनि देखिएको छ । ज्ञानेन्द्रले २० चैतका दिन पाल्पामा पुगेर आफ्ना भरौटे सुरक्षाकर्मीको चरम दुरुपयोग गरे । आफ्नो विरोधमा कालो झण्डा देखाउने प्रयास गरिरहेका लोकतन्त्रवादी विद्यार्थीहरुलाई उनले निर्ममतापर्ूवक कुटपिट गर्नमात्र लगाएनन्, बन्दी समेत बनाएका छन ।

पाल्पाबाट पत्रकार सुमन अधिकारीले दिएको जानकारी अनुसार पाल्पा भ्रमणमा आएका निरंकुश राजालाई कालो झण्डा देखाउन खोज्नेमाथि प्रहरीले चरम दमन गरेको छ । तीन जना विद्यार्थीलाईक्याम्पस हातात्रबाटै पक्राउ गरेको छ ।

बिहान १०.३० बजे तिर पाल्पा सदरमुकाम तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा जम्मा भएर विद्यार्थीहरुले कालो झण्डा गाड्ने र परर््दर्शन गर्ने तयारी गरिरहेका समयमा प्रहरीले हस्तक्षेप गरेको थियो । विद्यार्थीमाथि अन्धाधुन्द लाठी बजारिएको थियो । लाठी प्रहारबाट एक दर्जन विद्यार्थी घाइते भएका छन । विद्यार्थी नेता कुलबहादुर अधिकारी, नरबहादुर थापा र बालकृष्ण भण्डारीलाई क्रूरतापूर्वक कुटपिट गरी गिरफ्तार गरिएको छ । प्रहरीले कुटपिट गरिरहेको बेला राजाको सेना समेत आएर बल प्रयोग गरेको थियो ।

जनतालाई दमन गर्ने राजालाई स्थानीयबासीले सराप दिएका छन । जनताको सराप लागिहालोस् भन्ने कामना गरिएको छ । जनतालाई दमन गरेर टिक्ने दिन गए, जनताको सराप यिनलाई पक्कै लाग्ने छ । यिनको आयु छोटिदैछ । यस्ता निरंकुश राजा राख्नु भन्दा जनताको सराप लाग्नु नै बेस ।

Comments »

The URI to TrackBack this entry is: http://prahar.blogsome.com/2006/04/02/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%ae%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%be-%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>









Get free blog up and running in minutes with Blogsome | Theme designs available here

-->