: : April : : 2006 <

April 3, 2006

नेपालमा सैनिक हस्तक्षेप ?

Filed under: समाचार

के भारत नेपालमा सीमित रुपको सैनिक हस्तक्षेप गर्ने तयारीमा जुटेको छ ? इन्डिपेन्डन्ट इण्डिया मिडिया (आइआइएम) को वेभ साइटमा मधुसुदन गुप्ताको नाउँबाट राखिएको सामाग्रीले यस्तै संकेत दिन्छ ।

मुलुकका स्वतन्त्र सञ्चार माध्यमहरु अहिले यस किसिमको सम्भावना र यसको सत्यता खोजी एवं विश्लेषण गरेर समाचार प्रकाशन या प्रसारण गर्ने अवस्थामा छैनन् ।

आम-सञ्चार माध्यम विशेष गरी ‘स्वतन्त्र सञ्चार’माथि वर्तमान सरकारले लिएको ‘साम-दाम, दण्ड-भेद’को नीतिका साथ साथै अभिब्यक्ति स्वतन्त्रतामाथि लगाइएको अंकुशका कारण-बेला बेलामा नेपाल बाहिर प्रकाशमा आउने यस किसिमका सूचनाहरुको आधार र तथ्य विश्लेषण गर्न लगभग असम्भव देखिन्छ ।

तर गुप्ताले इण्डिपेन्डेण्ट भारतीय राष्ट्रपति भवनभित्रका जानिफकारहरुलाई उद्धृत गर्दै नेपालमाथि भारतीय सीमित सैनिक हस्तक्षेप गर्ने अन्तिम तयारी पूरा भएको जनाएका छन । त्यहाँको रक्षा मन्त्रालयको स्वीकृति पाएको अवस्थामा बषर्ायाम सुरु हुनु अघि नै भारतले सैनिक हस्तक्षेप गर्नेछ ।

गुप्ताको सामाग्रीमा भारतका प्रधानमन्त्रीले यस सम्बन्धमा चिनियाँ प्रधानमन्त्रीसँगै कुरा गरिसकेको, यूरोपेली समुदाय र संयुक्त राज्य अमेरिकाबाट भारतीय कारबाहीको र्समर्थन गरिने उल्लेख छ ।

अशान्ति र अस्थिरतका कारण नेपालबाट भारततर्फओइरिएको बढ्दो शरणार्थी समस्या, पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआईएको बढ्दो घुसपैठ, नेपाल र भारतका माओवादीबीचको सहकार्य र हतियारको तस्करीलाई नियन्त्रण गर्नुपर्ने बाहेक संसारकै सबैभन्दा ठूलो र आदर्श प्रजातान्त्रिक मुलुक भारतले नेपालमा शान्ति र स्थिरताका निम्ति पूरा गर्नुपर्ने क्षेत्रीय दायित्व पूरा गर्न पनि सैनिक हस्तक्षेप गर्ने सम्पर्ूण्ा तयारी पुरा भएको प्रकाशित सामाग्रीमा जनाइएको छ ।

सत्यता पुष्टि र प्रमाणित गर्न नसकिने यो सूचना के कर्र्तिगम्भीर हुन सक्छ वा अहिले चलिरहने विभिन्न खाले हल्लाको अर्को एउटा कडी हो भन्न सकिने अवस्था देखिन्न । यस विषयमा न आन्दोलनरत सात पार्टर्ीीमाओवादी र नागरिक समाज वा वर्तमान सरकार के कस्तो दृष्टिकोण राख्छन् भन्नेकुरा नै सतहमा आउन सकेको छ ।








Get free blog up and running in minutes with Blogsome | Theme designs available here

-->