:: सरकार बहुलाए जस्तो छ : : April : : 2006 <

April 4, 2006

सरकार बहुलाए जस्तो छ

Filed under: समाचार

 

जनताको चाहना अनुसार माओवादीले राजधानीमा हुने आमहड्ताललाई मध्यनजर गरी युद्धविराम गरेको छ । व्रि्रोहीले युद्धविराम गर्दा समेत राज्य भने स्वेत आतंक मच्चाउन उद्धत छ । उसले युद्धविरामको बदलामा राजधानीका संवैधानिक हकको उपभोग गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ । आन्दोलनको अघिल्लो दिन अर्थात यही चैत २३ गतेदेखि काठमाडौं र ललितपुरमा लागू हुने निषेधाज्ञाले आन्दोलनलाई केही नलछार्ने पक्का छ । हुन त सरकार बहुलाउनै थालेको छ, उसले आन्दोलन हुनु अघि नै आतंक सिर्जना गरिरहेको छ । शान्तिपर्ूवक सभा, जुलुस गर्ने लोकतन्त्रवादीको धरपकड र दमनलाई त्रि्र तुल्याएको छ ।

सात राजनीतिक दलले घोषणा गरेको चार दिने
(चैत २४-२७) आमहड्ताल र पर््रदर्शन भाँड्न सरकारले दलका नेता तथा कार्यकर्तामाथि धरपकड र दमन श्रृंखला सुरु गरेको छ ।

मंगलबार सात दलको आम हड्ताललाई सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएका भिन्ना भिन्नै कार्यक्रमबाट दल सम्बद्ध चार दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता गिरफ्तार गरिएको छ ।

अपरान्ह उपत्यकाको नयाँ बानेश्वरमा मधेशी नागरिक समाजको आयोजनामा हुन लागेको पर््रदर्शनमा हस्तक्षेप गरी प्रहरीले एमाले केन्द्रीय सदस्य रामचन्द्र झा, प्रजातान्त्रिक कांग्रेसका केन्द्रीय सदस्य शिवचन्द्र मिश्र, सदभावना पार्टर्ीीआनन्ददेवी) का महासचिव हृदयेश त्रिपाठी, राजेन्द्र महतो, खुशीलाल मण्डल, आशा चर्तुवेेदी, रामबाबु यादव, अधिवक्ता सुरेन्द्र महतोलगायत २ दर्जनलाई गिरफ्तार गरेको छ ।

त्यस्तै आम हड्ताल सफल बनाउन माइकिङ्ग गर्दै हिडेका नेपाल तरुण दलका कार्यकर्तालाई माइकिङ्गमा प्रयोग गरिएको ट्याक्सी सहित गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा किरण डंगोल, रमेश महर्जन, अमला श्रेष्ठ, तोपबहादुर नगरकोटी र ट्याक्सी चालक राजेन्द्र श्रेष्ठ रहेका छन ।

त्यसैगरी प्रहरीले सोमबार नै आमहड्ताल सफल बनाउन आग्रह गर्दै काष्ठमण्डपबाट निकाल्न लागेको मोटरसाइकल र्‍यालीलाई रोकेको छ ।

आठ विद्यार्थी संगठनको पर्ूव घोषित कार्यक्रम अनुसार पुत्लादहन कार्यक्रममा पनि प्रहरीले हस्तक्षेप गरी क्याम्पसबाट समेत विद्यार्थीहरु गिरफ्तार गरेको छ । पुत्ला दहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि केही क्याम्पसमा झडप समेत भएको थियो । उपत्यकाको शंकरदेव क्याम्पसमा सो कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी क्याम्पस हाता भित्रबाट स्ववियू सभापति जयकृष्ण महर्जन, सहसचिव दिनेश कार्कीलगायत एक दर्जन विद्यार्थी गिरफ्तार गरेको नेपाल विद्यार्थी संघका उपाध्यक्ष दिपक अधिकारीले जानकारी दिनुभयो । शंकरदेव क्याम्पसमा लामो समयसम्म दोहोरो झडप भएको थियो । शंकरदेवमा झडपका क्रममा प्रहरीले दर्जनौं सेल अश्रृग्याँस प्रयोग गरेको थियो । त्यस्तै त्रिचन्द्र क्याम्पसमा पनि पुत्लादहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दा केही समय झडप भएको थियो । क्याम्पसमा प्रहरीले पाँच सेल अश्रुग्याँस प्रयोग गर्नुका साथै क्याम्पसभित्र प्रवेश गरी लाठीचार्ज गर्दा २ दर्जन विद्यार्थी सामान्य घाइते भएका छन ।

पुत्लादहन कार्यक्रम सबै जसो क्याम्पसमा सम्पन्न भएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://prahar.blogsome.com/2006/04/04/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%ac%e0%a4%b9%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%8f-%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%9b/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>









Get free blog up and running in minutes with Blogsome | Theme designs available here

-->