: : April : : 2006 <

April 5, 2006

सिआइडीलाई चार चड्कन

Filed under: समाचार

 

आन्दोलनको मौसम छ । देशभर धर्ना, जुलुस, नारावाजी भइरहेको छ । राज्य यस्तो प्रजातान्त्रिक अभ्यास रोक्न न्वारनदेखिको बल खर्चिरहेको छ । २३ गते राती ११ बजेदेखि त चार घण्टा कर्यू नै लगाएको छ ।

आज बिहानैदेखि राजधानीमा पनि सरकारको तगारो भत्काउदै पर््रदर्शन भयो । पर््रदर्शनमध्ये राम्रो चाहिँ नयां बानेश्वरमा पापडको आयोजनामा बिहानै भएको प्रदर्शनमा आन्दोलनकारीलेएक जना सिआइडिलाइ चार चडकन हानेको चाहिँनिकै रमाइलो लाग्यो । आन्दोलनकारीलाई प्रहरी भेनमा हाल्न पछाडिबाट धकेल्ने ती सिआइडीलाई निक्कै गतिलो चड्कन हानिएको थियो । पापडले गरेको त्यहाँको प्रदर्शनबाट ४० जना पक्राउ परेका थिए ।

देशमा आन्दोलन कस्तो भयो भनेर स्वतन्त्र समाचार सेवाको यो समाचार नै पर्याप्त छ-सरकारले सात दलले घोषणा गरेको चार दिने आमहड्ताल विफल बनाउन उपत्यकाको चक्रपथ क्षेत्रमा लगाइएको निषेधाज्ञाको राजनीतिक दल नागरिक समाज र पेशाकर्मीले ठाउँ-ठाउँमा अवज्ञा गरेका छन । बुधबारदेखि हुने आमहड्ताल सफल बनाउन अधिराज्यभर पर््रदर्शन, गिरफ्तारी भएको छ ।

अवज्ञा गर्ने क्रममा दर्जनौं पक्राउ परेका छन । मंगलबार बिहान पक्राउ परेका पेसाकर्मीलाई साँझ छोडेपनि युवा विद्यार्थीलाई छोडिएको छैन ।

मंगलबारदेखि लागू भएको निषेधाज्ञाको अवज्ञा गर्दै ती दलले उपत्यकाका सबै निर्वाचन क्षेत्रमा मसाल जुलुस पर््रदर्शन गरेका थिए भने पेशाकर्मीले बिहान नयाँ बानेश्वर र अपरान्ह नयाँ सडक क्षेत्रमा पर््रदर्शन गरेका थिए ।

मंगलबार बिहान पेशाकर्मीको संजाल पापडको आयोजनामा भएको पर््रदर्शनमा पत्रकार, वकिल, प्रध्यापक, डाक्टर, कलाकर्मी गरी ४० जना गिरफ्तार गरिएको थियो भने दिउँसो नयाँ सडकको पर््रदशनबाट पत्रकार महासंघका उपसभापति शिव गाउँले, पत्रकार कुन्द दीक्षित, लिलाराज खनाल, किरण पोखरेल, हेमन्त काफ्लेलगायत २४ जनालाई गिरफ्तार गरिएको छ । मंगलबार गिरफ्तार सबै पेशाकर्मीलाई साँझ छोडिएको छ । नयाँ सडकमा पेशाकर्मीले पटक-पटक पर््रदशन गरेका थिए ।

यसैगरी आमहड्ताल सफल बनाउन आग्रह गर्दै निषेधाज्ञाका बावजुत पनि दलहरुले तिनै जिल्लाका सवै निर्वाचन क्षेत्रमा मसाल जुलुस निकालेको जनाएका छन ।

ती दलले मैतीदेवी कोटेश्वर, मैतीदेवी, ज्याठा, मरुटोल, कंलकी लगायतका ठाउँहरुमा मसाल पर््रदर्शन गरेको जनाइएको छ । यी सबै ठाउँ निषेधित क्षेत्र अर्न्तर्गत पर्दछन् । मसाल जुलुसबाट विपिन अधिकारी, युवत ओली, केशव खनाललाई मैतिदेवीबाट र छक्कनारायण श्रेष्ठ र रामकृष्ण अधिकारीलाई कंलकीबाट गिरफ्तार गरिएको छ । त्यस्तै गरी विद्यार्थीहरुले मंगलबार पनि सबै क्याम्पसमा पर््रदर्शन जारी राखे । क्याम्पसहरुबाट तीन दर्जन भन्दा बढी विद्यार्थी पक्राउ परेका छन ।

अस्कल क्याम्पस परिसरमा प्रवेश गरी १३ जनालाई पक्राउ गरिएको छ । त्रिचन्द्र क्याम्पसबाट विनयराम भट्ट, कृष्ण जैसी लगायत एक दर्जन पक्राउ गरिएको छ । त्यसैगरी पशुपतिबाट स्ववियू उपसभापति राजकुमार ढुंगाना सहित ७ जना, विश्वभाषा क्याम्पसबाट ४ जना र त्रिविवि क्याम्पस किर्तिपुरबाट नेपाल विद्यार्थी संघका प्रदिप पण्डित र सरोज यादवसहित एक दर्जन पक्राउ गरिएको छ । अस्कल क्याम्पस अगाडि गुडेका एउटा बा १. प ६०५० सरकारी मोटरसाइकल पर््रदर्शनकारीले जनाएका छन भने नम्बर नखुलेका २ वटा संस्थानका गाडी तोडफोड गरेका छन ।

भोलि कहाँ हुन्छ जुलुस

सात दलले बिहीबार राजधानीका तीनै जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रका दर्ुइ-दर्ुइ ठाउँबाट पर््रदर्शन गर्ने भएका छन् । सो पर््रदर्शनका लागि सातै दलले केन्द्रीय नेतालाई जिम्मा समेत दिइसकेको बताइएको छ । यसरी खटाइएका नेताहरुको नाम भने र्सार्वजनिक गरिएको छैन । काठमाडौं जिल्लाको क्षेत्र नम्बर १ को कोटेश्वर, बानेश्वर, २ नम्बरको चाबहिल, जोरपाटी, ३ नम्बरको बसुन्धरा, मैतीदेवी, ४ नम्बरको ठमेल गोगंबु, ५ नम्बरको क्षेत्रपाटी, माछापोखरी, ६ नम्बरको कलंकी, कालीमाटी र ७ नम्बरको फर्पिङ्ग, किर्तिपुरमा पर््रदर्शन गर्ने जनाएका छन ।

मंगलबार शान्तिपर्ूण्ा पर््रदर्शनमा राज्य नांगो रुपमा उत्री दमन गरेकोमा राजनीतक दल, नागरिक समाज र विभिन्न संघ संस्थाले आपत्ति जनाएका छन ।

बुटबल, पोखरा, धनगढी, धनकुटा, राजविराज, विराटनगर, तनहुँमा पनि विरोध पर््रदर्शन र मसाल पर््रदर्शन भएको जिल्लास्थित स्वससे समाचारदाताहरुले जनाएका छन ।

मसाल पर््रदर्शनका क्रममा राजविराजमा सात जना पक्राउ गरेकामा तीन महिने थनुवा पर्ुर्जी दिई कारागार चलान राजविराज समाचारदाताले जनाएका छन ।

तनहु समाचारदाताका अनुसार सात दलले बुधबार दमौलीमा आयोजना गरेको मसाल जुलुसमा प्रहरीले दमन गरी तीन जनालाई पक्राउ गरेको छ । दलका आ-आफ्ना कार्यालयबाट निस्केको मसाल जुलुसमाथि प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडि लाठी चार्ज पनि गरेको थियो । त्यस क्रममा एमाले जिल्ला सचिव प्रतापलाल श्रेष्ठ, अनेरास्ववियू जिल्ला अध्यक्ष श्रीराम कार्की र एमाले सदस्य भुपेन्द्र कोइरालालाई कुटपिट र लछारपछार गर्दै पक्राउ गरियो ।

आमहड्ताल सफल वनाउन स्रष्ट्राहरुले धर्ना र आन्दोलनरत दलहरुले जुलसु पर््रदशन गरे

धनकुटा समाचारदाताका अनुसार, बिहीबारदेखि देखि हुने आमहड्ताललाई सफल बनाउन लोकतान्त्रिक स्रष्ट्राहरुको संयुक्त मञ्च धनकुटाले बिहीबार धर्ना दियो भने आन्दोलनरत दलहरुले पर््रदशन गरे ।








Get free blog up and running in minutes with Blogsome | Theme designs available here

-->