: : April : : 2006 <

April 6, 2006

सुरक्षाफौजको अबैध सन्तान

Filed under: समाचार

 

शाही नेपाली सेना यौन मामलामा बदनाम छ । यसका हाकिम हुन या सिपाही चेलीहरुको सतित्व लुट्नमा गर्व गर्छन । यहां एउटा रमाइलो समाचार आएको छ, स्वतन्त्र समाचार सेवामा । पढौ शिवराज योगीले धनगढीबाट लेखेको त्यो समाचारः सुरक्षाफौजको जर्वजस्ती करणीबाट बाजुरा जिल्लामा १२ जना दलित महिलालेबच्चा जन्माएका छन् । सुरक्षाफौजकै करणीमा परेर तीन तीन पटक बच्चा जन्माउन पुगेकी एक दलित महिलाको मृत्यु भएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कैलालीका अनुसार सेनाको जर्वजस्ती करणीवाट बाजुराको मार्तडी गाविस ८ मा रहेका दलित समुदायका १२ जना युवतीले बच्चा जन्माएका हुन् ।

सुरक्षाफौंजको जर्वजस्ती करणीबाट ती बच्चाहरु जन्मिएको स्थानीय वासिन्दालाई उदृत गर्दै संस्थाका निर्देशक हरी श्रीपाइलीले वताउनुभयेा । "सुरक्षाफौज उक्त दलित वस्ति नजिकै रहेकेा छ । सुरक्षाफौज सांझ पर्‍यो की निस्कन्छ । गाउँमा ५ नवज्दै कर्फ्र्यु लाग्छ । दिसापिसाव गर्न निस्कने महिला शिकार वन्छन् ।" श्रीपाइलीको भनाई छ ।

सुरक्षा फौजकै करणीबाट तीन पटक वच्चा जन्माउन पुगेकी स्थानीय लाली चदाराले रक्त स्रावका कारण एक महिना अघि ज्यान गुमाउनु परेको उक्त संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही नियतीबाट मार्तडीकै दुरा लुहारले एक वर्षअघि ज्यान गुमाउनु परेको निर्देशक श्रीपाइली वताउनुहुन्छ ।

सुरक्षा फौजका स्थानीय अधिकारीसंग सो विषयमा कुरा गर्दा ‘त्यस्तो नगर, साधन प्रयोग गर भन्दा पनि मान्दैनन" भन्ने जवाफ आएको निर्देशक श्रीपाइलीले बताउनुभयो ।

गोली हान्ने धम्कीले कोही तर्सेन

Filed under: समाचार

 

निरंकुश राजाको सक्रिय शासन विरुद्ध आन्दोलित सात राजनीतिक दलले आयोजना गरेको आमहड्तालको पहिलो दिन बिहीबार आमहड्तालकारी चार सय भन्दा बढी पक्राउ परेका छन । गोली हान्ने सरकारी धम्कीको परवाह नगरी सडकमा उत्रिएकाहरु पक्राउ परेका हुन ।

आमहड्ताल सफल पार्न सरकारद्धारा घोषित निषेधाज्ञाको अवत्रा गर्दै सडकमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । राजधानीमामात्र पचासौं स्थानमा प्रदर्शन भएको थियो ।

ब्यापक सरकारी दमनका बीच आमहड्ताल भने सानदार रुपमा सफल भएको छ । आमहड्ताललाई जनर्समर्थन रहेको आभास मिलेको थियो । एमालेका अनुसार, काठमाडौं, हेटौडा र भरतपुर गरी उसको मात्र अर्ढाई सय नेता तथा कार्यकर्ता पक्राउ परेका छन । राजधानीबाट प्रदर्शनका क्रममा एमालेका इश्वर पोखरेल, विद्यादेवी भण्डारी, राजेन्द्र श्रेष्ठलगायत केन्द्रीय नेता पक्राउ परेका छन ।

यसैगरी नेपाली कांग्रेसले आफ्ना ७० भन्जा बढी नेता तथा कार्यकर्ता पक्राउ परेको जनाएको छ । कांग्रेसका मिना पाण्डे, सुजाता कोइराला, दिनबन्दु श्रेष्ठ, गोपाल र्राई, डा. केदार नरसिंह केसी, सुरेश मल्ल, स्मृतीनारायण चौधरीलगायत नेता पक्राउ परेका छन । जनमोर्चाका २५ जना पक्राउ परेका छन ।








Get free blog up and running in minutes with Blogsome | Theme designs available here

-->