: : April : : 2006 <

April 10, 2006

गोली हान्दै, रगतको खोलो बगाउदै

Filed under: समाचार

राजा ज्ञानेन्द्रलाई गोलीका भरमा गद्धी टिक्छ भन्ने लागिरहेको छ । त्यही कारण त गोली हान्दै दैनिक नेपाली जनताको रगत बगाउन पाएकोमा उनी दंग परिरहेका अनुभव गर्न सकिन्छ ।

सरकारी करर्यू, निषेधाज्ञा र चर्को दमनको प्रतिकार गर्दै सोमबार पनि सात राजनीतिक दल सम्बद्ध आन्दोलनकारीले अधिराज्यभर ब्यापक प्रदर्शन गरेका छन । प्रदर्शनका क्रममा ठाउँठाउँमा गोली चलेको छ । राजधानीमा सोमबारमात्र चाबहिल र गोंगबुमा गोली चल्यो भने धनगढीमा पनि गोली चलेको छ । त्यस क्रममा कैयौं प्रदर्शनकारी घाइते भएका छन ।

गोंगबुमा गोली लागेर १५ जना घाइते भएका छन । गोंगबु र चावहिलमा सुरक्षाकर्मीले रवरको गोली हानेका थिए । प्रहरी दमनको विरुद्ध सोमबार बेलुका संयुक्त जनआन्दोलन संयोजन समितिले बेलुका ७.०० बजेदेखि एक घण्टा ब्याक आउट कार्यक्रम राखेको छ ।

गोली लागी गोंगबुको प्रदर्शनमा भाग लिइरहेका मिना भुषाल, हेमचन्द्र मुडभरी, श्याम लामा ,बलराम श्रेष्ठ, कृष्णप्रसाद कोइराला, काजीराम श्रेष्ठ, बिदुर कार्की, गणेश श्रेष्ठ, राजेन्द्र दाहाल, बिनोद पौडेल घाइते भएका छन । राजकुमार खड्का, बिनोद लामिछाने, हरिकुमार अधिकारी, भोला सेर्ढाई, इन्द्रमान महर्जन पनि घाइते भए ।

अन्य दिनको तुलनामा सुरक्षाकर्मी गोंगवु क्षेत्रमा तिव्दमनमा उत्रिएका थिए । प्रहरीले जथाभावी लाठी प्रहार गर्दा गोंगबुमामात्र २४ भन्दा बढी घाइते भएका छन ।

इन्जिनियरिङ्ग एसोसिएनमा इन्जिनियरहरुले गरेको प्रदर्शन दबाउन सुरक्षाकर्मीले एशोसिएन हाताभित्रै रबरको गोली प्रहार गरेको छ । गोली प्रहारबाट एशोसिएसनका अध्यक्ष डा. जिवराम पोखरेल, नगेन्द्र अधिकारी, विप्लव घिमिरे, पुण्यसागर मरहठ्ठा घाइते भएका छन ।

कलंकीमा भएको पर््रदशनमा ओम थपलिया, सविता अधिकारी, रुपेश सापकोटा, रामचन्द्र तिवारी, राम पाठकलगायत २० जना पक्राउ परेको दलहरुले जनाएका छन । ओम थपलिया र राम पाठकको टाउको फुटेको छ । कलंकीबाटै प्रहरीले २० जना पक्राउ गरेको छ ।

कोटेश्वरमा भएको प्रदर्शनमा बिरवलकाजी र्राई, बानेश्वरको प्रदर्शनवाट एमालेका प्रेम कुँवर गिरफ्तार भएका छन् । हाडिगाउँमा भएको प्रदर्शनवाट माधव गौतम, ज्ञानु डंगोल गिरप
\mतारीमा परेका छन् । मैतिदेवीबाट सुदिप शर्मासहित १० जना विद्यार्थी पक्राउ परेका छन । जोरपाटीमा भएको प्रदर्शनमा जितु गौतम, कृष्ण र्राई, विक्रम न्यौपाने, बलबहादुर परियार, प्रेमकुमार श्रेष्ठ, अशोक तामाङ्ग, दिपक कार्की, शान्ता गुरुङ्गलाई कुटपिट गर्दै गिरफ्तार गरियो ।

करर्यूको अवज्ञा गर्दै बिजुली बजारमा निस्केको जुलुसमा प्रहरीले हस्तक्षेप गरी एमाले कन्द्रीय सदस्य शान्ता मानवीलगायतलाई पक्राउ गरेको छ ।

प्रदर्शनकारीहरुले करर्यूको उलंघन गर्दै कपन क्षेत्रमा निरंकुशताको पुत्ला जलाएका छन । जोरपाटीवाट निस्किएको जुलुस चाबहिल क्षेत्रमा आएर सभाका परिणत भएको थियो । यसैबीच नेविसंघले चावहिल क्षेत्रमा मसाल जुलुश निकालेको छ । मसाल जुलुशमा प्रहरीले हस्तक्षेप गरी दिनेश र्राई घाइते भएका छन । उनको खुट्टा भाँचिएको छ । उनलाई मोडल अस्पतालमा उपचार भइरहेको छ ।

मैतिदेवी, कीरि्तपुर, चुच्चेपाटी, भक्तपुर, पाटन लगायतका क्षेत्रवाट पनि करर्यूको अवज्ञा गरिएको छ ।

कीरि्तपुरको नयाँ बजारमा भइरहेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरिरहेको छ । प्रहरीको हस्तक्षेपपछि त्यहाँको जुलुस तितरबितर भएको छ ।

धुम्बाराहीमा भएको पर््रदर्शनमा प्रहरीले हवाइ फायर गरेको छ ।

नयाँ बानेश्वरमा भएको प्रदर्शनबाट प्रहरीले नेकपा एमालेका सर्म्पर्क विभागका सदस्य प्रेम कुँवरलाई पक्राउ गरेको छ । जोरपाटी, मैतीदेवी लगायतका क्षेत्रमा आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् । चाबहिल भत्केको पुलमा अहिले पनि प्रदर्शन भईरहेको छ । सोह्रखुट्टमा प्रहरीले स्थानीय वासिन्दाको घरघरमा छिरेर निर्घात कुटपिट गरेको छ ।

ललितपुरको पुल्लोचक इन्जिनियरिङ क्याम्पसको वातावरण पनि बिहानैदेखि तनावग्रस्त छ । पाटनको सुन्धारा, गुहिटीलगायतका क्षेत्रमा पर््रदर्शन गरिएको थियो । भक्तपुरमा कृषि विकास वैंक, खानेपानी संस्थान लगायतका सरकारी कार्यालयमा पर््रदशनकारीले तालाबन्दी गरेका छन ।

लोकतन्त्र चोक

यसैबीच आन्दोलनरत सात दलले गोंगबु क्षेत्रलाई लोकतन्त्र नगर घोषणा गरेका छन । आमहड्ताल, निशेधाज्ञा र कफर््र्यूको निरन्तर अवज्ञा गर्दै लोकतन्त्रको स्थापनाका लागि सो क्षेत्रका स्थानीयबासीले गरेको सहयोग स्वरुप सो क्षेत्रको चोकलाई जनआन्दोलन चोक नामाकरण गरिएको हो ।

सात दलका प्रतिनिधिहरुको सोमबार बसेको संयुक्त बैठकले लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागिताको लागि गोंगबुबासीप्रति आभार प्रकट गर्दै निरन्तर आन्दोलनमा सहभागिताको आब्हान गरेका छन ।

एमालेका प्रकाश ज्वाला, नेपाली कांग्रेसका जगदीश्वरनरसिंह केसी, प्रजातान्त्रिक कांग्रेसका देवेन्द्रप्रसाद ढकाल, नेपाल सद्भावना पार्टर्ीीानन्दीदेवीका अनिलकुमार झा र संयुक्त वाममोर्चाका ऋषी कट्टेलको उपस्थितिमा बैठक बसेको हो ।र्

कर्मचारी पनि आन्दोलनमा

राजविराजस्थित समाचारदाताका अनुसार, लोकतन्त्रका लागि जारी आन्दोलनप्रति एक्बद्धता जनाउँदै सोमबारदेखि नगरपालिकाका कर्मचारीहरु पनि आन्दोलनका सरिक भएका छन । राजविराज नगरापलिकाका कर्मचारीहरुले आन्दोलनप्रति एक्बद्धता जनाउँदै बिहान १० बजेदेखि कामकाज ठप्प गरे ।

आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै यहाँ स्थित राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडका वित्तिय कर्मचारीहरुले अनिश्चितकालसम्मका लागि कामकाज बन्द गरेका छन । नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले पनि कामकाज ठप्प पारेका छन ।

आन्दोलनका क्रममा पक्राउ परेका ५२ जना राजनीतिक दलका नेता कार्यकर्तालाई आइतबार स्थानीय प्रशासनले तीन महिने पर्ूर्जी थमाएको छ ।

चार घाइते र्

पर्वतस्थित समाचारदाताका अनुसार, सात राजनीतिक दलद्वारा आव्हान गरिएको आम हड्तालको पा
"चौं दिनको जनपर््रदर्शनमा प्रहरीले व्यापक धरपकड र कुटपिट गरी चार जना आन्दोलनकारीहरुलाई गम्भीर घाइते बनाएको छ भने पर््रदर्शनका क्रममा १० जनालाई गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेपाली कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति नवराज गुरुङ, नेकपा एमालेका उपसचिव विकास लम्साल, जनमोर्चा नेपालका उपाध्यक्ष तेजेन्द्र पौडेल, एमालेका कार्यालय सचिव शान्त पौडेल, जिल्ला सदस्य मेघनाथ सुवेदी, नेपाली तरुण दलका जिल्ला उपाध्यक्ष हरि न्यौपाने, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष लेखनाथ पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य टुकप्रसाद शर्मा र प्याथोलोजी क्लिनिकका मिनप्रसाद शर्मा रहेका छन ।

दिउ
"सो २.०० बजे कुश्माबजारको महेन्द्रचोकबाट सुरु भएको विशाल जुलुश वडागाउ"मा पुग्दा प्रहरीले अगाडि बढ्न नदिएपछि पर््रदर्शनकारीहरु र प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरीले अस्पतालभित्रै पसेर एमालेका पार्टर्ीीचिव मोती पौडेललाई कुटपिट गरेको थियो भने हिमालय टाइम्स पर्वतका समाचारदाता ओमप्रसाद उपाध्यायलाई ँम पत्रकार हु"’ भन्दाभन्दै लाठी प्रहार गरी गम्भीर घाइते बनाएको थियो । त्यसैगरी प्रहरीको लाठीचार्जबाट नेपाली कांग्रेसका दिपुबाबु गिरीको देव्रे खुट्टा भा"चिएको छ भने गम्भीर घाइते भएका तरुण दलका जिल्ला उपाध्यक्ष हरि न्यौपानेलाई सशस्त्र प्रहरी वल चण्डिका गण भित्रै राखिएको छ ।

सत्याग्रह

लोकतन्त्रको माग गर्दै नागरिक समाज पर्वतले सोमबार जिल्ला प्रशासन कार्यालय पर्वत अगाडि सत्याग्रह आन्दोलन गर्‍यो ।

लोकतन्त्रको स्थापना गर, सम्पर्ूण्ा राजबन्दी रिहाई गर, शान्तिपर्ूण्ा आन्दोलनमा प्रहरी दमन बन्द गर जस्ता नाराहरु सहित देब्रेहातमा कालो पट्टी बाँधेर बिहान १० बजेबाट सो सत्याग्रह शुरु भएको थियो ।

नुवाकोटस्थित सामचारदाताका अनुसार, लोकतान्त्रिक आन्दोलदनको लागि उत्रिएको आन्दोलनकारीले जिल्ला विकास समिति नुवाकोटका दर्ुइ इलाका सदस्यलाई कालोमोसो दलिदिए । जिल्ला विकास समिति सदस्य धनवहादुर तमाङ र हरीशरण भट्टार्राईलाई कालो मोसो दलिएको हो ।

लोकतान्तिक आन्दोलनको पक्षमा सोमबार यहाँ हजारौंको संख्यामा जनता सडकमा उत्रिए ।

स्थानीय वट्टार बजारवाट सुरु भएको जुलुसले विदुर, ढुङ्गे, त्रिशुली परिक्रमा गर्‍यो ।

प्रत्येक घरवाट एक एक जना सहभागी हुन आन्दोलनकारीदलहरुले आहृवान गरेअनुरुप घरघरवाट आन्दोलनलाई उर्जा थप्न महिला तथा वृद्धहरु समेत आन्दोलनमा सहभागी भएका थिए ।

कार्यक्रममा विद्यार्थिहरुले राजा र राजसंंस्था विरुद्ध चर्का नारावाजी गरेका थिए भने आन्दोलनकारीले जिल्ला मालपोत कार्यालय, कृषि विकास कार्यालयमा ढुंगा प्रहार गर्दा झ्यालका सिसा फुटाएका थिए ।

आन्दोलननमा सहभागी हुन सोमबारनै गाउ
"गाउ"बाट आन्दोलनकारीहरु सदरमुकाम आएका थिए । सदरमुकाम विदुरबाट दश किलोमिटर पर रहेको जिलिङ गाविसबाट संयौंको संख्यामा आन्दोनकारी आ-आफ्नो पार्टर्ीीे झण्डा बोकी सदरमुकाम आएका थिए ।

आन्दोनकारीहरु विदुर नगर पालिका प्रवेश गर्न खोज्दा प्रहरीले हानेको लाठीबाट दर्ुइ विद्यार्थी घाइते भएका छन । त्यहाँ आधा घण्टा झडप भएको थियो ।

भद्रपुरस्थित समाचारदाताका अनुसार, निरकुशताको विरुद्ध र लोकतन्त्रको पक्षमा झापाका पत्रकारहरुको नेतृत्वमा सोमबार मध्यान्ह नेपालको पर्ूर्वी प्रवेशद्वार का
"करभिट्टामा अहिलेसम्मकै विशाल जुलुस पर््रदर्शन भएको छ ।

पत्रकारहरुको नेतृत्वमा लोकतन्त्र र प्रेस स्वतन्त्रताको माग गर्दै जुलुस पर््रदर्शन गर्ने तयारी थाहा पाएर त्यस क्षेत्रका चिया र यातायात मजदुरहरु, कलकारखानाका मजदुरहरु ऐक्यवद्धता प्रकट गर्न बिहान ९.०० बजेदेखिनै

झण्डा र व्यानर बोकेर आएका थिए भने अन्य पेशागत संघ संगठन, र्सवसाधारण, राजनैतिक दलका कार्यकर्ता र नेताहरु तथा नागरिक समाजका व्यक्तिहरुले पनि जुलुसमा ऐक्यवद्धता प्रकट गर्न भेला भएका थिए ।

जुलुसमा करिव सात हजारको उपस्थिति थियो ।

जनतासंग निहु नखोज

Filed under: समाचार

 

राजाको निरंकुश सत्ता जोगाउन शान्तिपूर्ण आन्दोलनमा उत्रेका जनतामाथि दमन गर्ने सुरक्षाकर्मीहरुको भविश्य चौपट हुने भएको छ । आन्दोलन दबाउने नाममा आन्दोलनकारीमाथि अमानवीय व्यवहार गर्ने सुरक्षाकर्मीको अभिलेख राख्ने कार्य आन्दोलन परिचालन समितिले गर्न थालेको छ ।

शान्तिपूर्ण आन्दोलनमा सहभागि आन्दोलनकारी, निहत्था नागरिक र आन्दोलनमा भागै नलिएका र्सव साधारण प्रति बिगत केहि दिन यता सुरक्षफौजका केहि ब्यक्तिले गरेको हिंश्रक ब्यवहारको पुरै अभिलेख राखेको कुरा आन्दोलन परिचालन समिति सुत्रले प्रष्ट पारेकोछ ।

नागरिकहरको घरघरमा पसेर कुटपिट गर्ने, नियन्त्रणमा आइसकेकाहरुलाई जथाभावि कुटपिट गरेर यातना दिने, जथाभावि गोली हान्ने जस्ता वानवता बिरोधि अपराध र मानवअधिकार उलंघन गर्नेहरुलाई २०४६ सालमा जस्तो छुट नदिइने कुरा पनि समितिले जनाएकोछ ।

भो अति भो

Filed under: समाचार

 

राजाको सत्ता अब जनअस्वीकृत भैसकेको छ । त्यही कारण उनको सत्ता जोगाउन अहिले उनका विरुद्ध सडकमा ओर्लिएका जनतालाईगोली, बारुद, लाठी, ढुंगामुढाले स्वागत गरिदैछ । तीन जना जनतालाई गोली हानेर हत्या गरिएको छ, शाही सत्ताबाट । यस्तै गोली लागेर २० जना भन्दा बढी जनताका छोरा मारिएका छन ।

राजा ज्ञानेन्द्र एक जनालाई जोगाउन यो अत्याचार गर्नु कति उचित होला भन्नुस त ।

police brutality 

मलाई हिजोका दर्ुइ फोटो देखेर दिक्क लागिरहेको छ । जुन फोटो यहां राखेको छु । जनताको रगत बगेको देखेर मन कुडिएको छ । तर के गर्नु दाजु राजा विरेन्द्रलाई समेत मार्न पछि नपरेका वर्तमान राजा ज्ञानेन्द्रले यी जनता मरेकोमा आनन्दै मानिरहेका छन ।

त्यही कारण घरघरबाट जनता उनका विरुद्ध उठिसके। दाई मारेर यत्रो अवधि गद्धीमा टिकेका राजा जनता मारेर कति पो टिक्लान र मन्ने कुरा मेरो मनमा खेलिरहेको छ ।

म त प्रतिक्रियाको भोको छु नि हजुर, केही लेख्ने कि ?

जनतासंगै पत्रकार सडकमा

Filed under: समाचार

 

के गर्नु निरंकुश राजाले सक्रिय शासन संचालन गरेपछि पत्रकारले लेखेरमात्र पुगेन, सडकमै ओर्लनु परेको छ । जति दमन र अत्याचार बढ्छ, पत्रकार त्यतिनै आन्दोलनमा आउनु पर्ने बाध्यता आईलाग्दो रहेछ । राजाको शासन ढाल्न जनता उठिसकेका छन, पत्रकार पनि जनतालाई साथ दिन राजाको अत्याचार विरुद्ध आज सडकमा ओरि्लन बाध्य भए ।

जनआन्दोलनमाथि भइरहेको दमन, निरंकुश शाही सत्ताले जनताको आन्दोलनलाई रोक्न लागू गरेको करर्यू, निषेधाज्ञा र स्वतन्त्र पत्रकारिता गरिरहेका निजी संचार माध्यमलाई करर्यू पास नदिएको विरोधमा पत्रकारहरुले आज विरोध प्रदर्शन गरे ।

निषेधाज्ञाको अवज्ञा गर्दै सञ्चारग्राममा बिहान ९.३० बजेदेखि एक घण्टा जुलुस, धर्ना र विरोध सभा भएको थियो ।

नेपाल पत्रकार महासंघको आयोजनामा भएको जुलुसपछि आयोजित सभामा बोल्दै महासंघका सभापति विष्णु निष्ठुरीले सरकारले चैत २४ देखि सात दलद्धारा आयोजना भइरहेको आमहड्तालको समाचार संकलन गर्न गएका एक सय भन्दा बढी पत्रकारहरुलाई गिरफ्तार गरेको तथ्यांक दिंदै त्यसप्रति आपत्ति जनाउनुभयो ।

पत्रकारहरुले स्वतन्त्र सञ्चार माध्यमलाई समाप्त गर्न सरकारले एकद्धार विज्ञापन नीति ल्याएको, करर्यूको समयमा पास उपलब्ध नगराएको र पत्रकारलाई गिरफ्तार गर्ने र कुटपिट समेत गरेको भनी सरकारको कडा विरोध गरे ।

निष्ठुरीले दुइ दर्जन पत्रकारहरुलाई सरकारले अझै पनि गैरकानुनी रुपमा हिरासतमा राखेको जानकारी दिंदै असंवैधानिक सरकारले घोषणा गरेको कुनै पनि निषेधाज्ञा र कर्यूलाई अवज्ञा गर्दै शान्तिपूर्ण प्रदर्शनमा सक्रिय हुन आव्हान समेत गर्नुभएको छ ।

महासंघका पूर्व सभापति हरिहर विरहीले नीजी क्षेत्रका सञ्चार माध्यमलाई समाप्त गर्न सरकार एक पछि अर्को आदेश जारी गर्दै आएको भन्दै करर्यूको समयमा सञ्चारमाध्यमलाई पास उपलब्ध नगराएर सरकारले निरंकुशताको रुप प्रदर्शन गरेको बताउनुभयो ।

सभालाई महासंघका पूर्व सभापतिहरु तारनाथ दाहाल , सुरेस आचार्य ,साफ्माको नेपाल अध्यक्ष गोपाल थपलिया ,पत्रकारहरु तेजप्रकाश पण्डित ,किरण पोख्रेल ,निर्मल शर्मा ,भरतराज पोखरेललगायतले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको हनन् गर्न सरकारले पत्रकारहरुमाथि आक्रमण गरिरहेकोले त्यसको विरोधमा देशब्यापी आन्दोलन गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।








Get free blog up and running in minutes with Blogsome | Theme designs available here

-->