:: प्रहरी दमनमा दुइ सय घाइते : : April : : 2006 <

April 11, 2006

प्रहरी दमनमा दुइ सय घाइते

Filed under: समाचार

 

सात दलको आमहड्ताललाई सफल बनाउन देशब्यापी रुपमा मंगलबार पनि प्रदर्शन भयो । सरकारले लगाएको करर्यूलाई सात दलले मंगलबार राजधानीका विभिन्न स्थानमा उल्लंघन गरे ।

प्रदर्शनका क्रममा प्रहरीले आन्दोलनकारीमाथि गोली, अश्रुग्याँस प्रहार गरी दमन भयो । प्रहरीले पोखरा, बुटबल, काठामडौंलगायतमा स्थानमा गोली हानेको छ । गोली तथा प्रहरीको कुटाइबाट

दुर्इ सय भन्दा बढी घाइते भएका छन् भने सयौंको संख्यामा गिरफ्तारीमा परेका छन् । प्रदर्शनकारीले करर्यू उल्लंघन गर्दै चावहिलको सरस्वती नगरमा विशाल प्रदर्शन गरे । प्रहरीले पर््रदशनलाई दबाउन गोली प्रहार गरी १० जना भन्दा बढी घाइते बनाएका छन् । घाइतेहुनेमा महिलाहरु पनि रहेका छन् । प्रहरीले घाइतेहरुलाई अस्पताल लैजान समेत नदिएको नेपाली कांग्रेसले जनाएको छ । प्रहरी हस्तक्षेपको सात दलले घोर निन्दा गरेको छ ।

यसैगरि कफर््र्यू उल्लंघन गर्दै शान्तिनगरबाट नेपाल विद्यार्थी संघले मशाल जुलुस गरेको छ । मशाल जुलुस पछि पर््रदर्शनकारीले कोण सभा गरे । सभामा रञ्जित कर्ण्र्ाा - विद्यार्थी निरंकुशता समाप्त नभए सम्म आन्दोलन जारी राख्ने बताउएका थिए ।

कोण सभा पछि प्रहरीले हस्तक्षेप गर्दा भुपेन्द्र जंग शाही लगायतका घाइते भएका छन् । नक्सालबाट गरेको पर््रदर्शनमा यज्ञ ढकाल सहित ६ जना गिरफ्तार परेका छन् भने माधव बस्नेत प्रहरीको पिर्टाईबाट सक्त घाइते भएका छन् । मंगलबार राजधानीका कोटेश्वर, बानेश्वर, कंलकी, गोगंबु, बसुन्दारा, सितापाइला, क्षेत्रपाटी, बल्खु, कर्ीर्तिपुर, चावहिल, जोरपाटी, चुच्चेपाटी लगायतका स्थानहरुमा पर््रदर्शन गरेका थिए । यसैगरि ललितपुरको पाटन, मंगलबजार, लगनखेल, जावलाखेल लगायतका स्थानमा पर््रदर्शनकारीले बृहद पर््रदर्शन गरेका थिए । भक्तपुरमा सात दलले विभिन्न स्थानहरुमा पर््रदर्शनका गरेका थिए । पर््रदर्शनकारीले भक्तपुरको मेयरको घर तोडफोड गरेका थिए ।

Comments »

The URI to TrackBack this entry is: http://prahar.blogsome.com/2006/04/11/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a4%ae%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%87-%e0%a4%b8%e0%a4%af-%e0%a4%98%e0%a4%be%e0%a4%87%e0%a4%a4%e0%a5%87/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>









Get free blog up and running in minutes with Blogsome | Theme designs available here

-->