बासुरीमा भुलिदैछन, ज्ञानेन्द्र शाही
राजा ज्ञानेन्द्रको सक्कली रुप यही हो । उनको सक्रिय शासन विरुद्ध जनताहरुले शान्तिपूर्वक आन्दोलन गरिरहेको छन, ज्ञानेन्द्र भने गोली ठोक्न आदेश दिइरहेका छन । उनले गोली ठोक्न दिएको आदेश मुताबिक शाही सुरक्षाकर्मीले गोली हानेर एक सातामै ६ जनाको हत्या गरिसकेका छन । रगतको खोलो बगाइरहेका छन । तर, ज्ञानेन्द्र पोखरामा बसेर हिजोमात्र काठमाडौं फर्केका छन । उनले पोखरामा पनि बासुरी बजाएरै दिन काटे होला, काठमाडौं आएपछि पनि त्यसै गरिरहेका छन । उनले रोम जलिरहेको बेला निरोले बासुरी बजाए झै देश चल्दै गर्दा बासुरी बजाएर रमाइलो मानिरहेका छन । कि कसो त ? फोटोले त्यही न भन्छ ।
