म त दिन्न शुभकामना
नयां वर्ष २०६३ को शुभकामना, आज जसले भेटे पनि मलाई यस्तै भने । किन भने कुन्नि बुझ्नै सकिएन । मलाई चाहिं नयां वर्षको शुभकामना दिन मनै छैन । त्यही कारण अरुले दिएको शुभकामना पनि मनले ममानी नमानी ‘सेम टु यू’ भनेर फर्काए । यसो भन्दा मेरो मन पटक्कै प्रसन्न भएन । त्यही कारण म भन्दै छु, म त दिन्न शुभकामना । ल शुभकामना लिनै चाहनु हुन्छ भने लोकतन्त्र आउने दिनका लागि अहिले नै अर्थात अग्रीम शुभ कामना है त । जहिले लोकतन्त्र आउला, त्यसै दिनका लागि ।
