: : April : : 2006 <

April 27, 2006

भोलि माओवादीको कुन नेता आउलान टुडिखेलमा

Filed under: समाचार

राजतन्त्र विरुद्ध उर्लिएको भेल रोक्न राजाले प्रतिनिधिसभा पुनस्थापना गरिदिएका छन । यसले मुलुकको राजनीतिको संकट हल हुने दिशा लिइरहेको छ । राजाले तीन दिनअघि घोषणा गरी पुनस्थापना गरेको अवसरमा आज टुृडिखेलमा विजय सभा हुँदैछ । त्यहां लाखौलाख नागरिक खुसीयाली बाड्न आइरहेका छन । १८ असोजको जननिर्वाचित सरकार भंग गरी स्वेच्छाचारी र निरंकुश शासन गर्न चाहने राजा ज्ञानेन्द्रको कदमपछि टुडिखेल राजनीति मञ्चका लागि प्रतिबन्धित थियो । जब जनताको बलमा दलहरुको आन्दोलन सफल भयो, तब खुल्ला भयो यो मञ्च । यो मञ्चको पहिलो उपयोग अस्ति भएको थियो भने दोस्रो आज हुँदैछ । तर बिडम्बना १८ असोजदेखि जनताको अधिकारका लागि कहि नचुकी राजा विरुद्ध लडेका काग्रेस सभापति गिरिजाप्रसाद त्यहां उपस्थित हुन नसक्नु हुने भएको छ । उहांको स्वास्थ्य बिग्रिएकाले अहिले अक्सिजन दिइएको छ । यो मञ्च अब माओवादीको पनि हुने भएको छ । मञ्च खाली नहुने भएको छ । किन कि भोलि माओवादीले त्यहां आमसभा गर्ने भएको छ । माओवादी टुडिखेलमा आउन किन हतारिएको हो भन्ने बुझ्न कठिन भएको छ । भोलिको सभामा माओवादीका कुन चाहिं नेता कुर्लेलान भन्ने आम चासो भएको छ । माओवादीले भोली राजधानी काठमाडौमा खुल्ला आमसभा गर्ने भएका छन्। माओवादी सुत्रका भनाइमा, सो आमसभामा अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले १५ बैशाख दिउँसो १२ बजे सम्बोधन गर्ने तयारी भइरहेको छ। माओवादी सुत्र भन्छ, “तर पार्टीको तर्फबाट कसले सम्बोधन गर्छ अहिलेसम्म तय भइसकेको छैन।”








Get free blog up and running in minutes with Blogsome | Theme designs available here

-->